
काठमाडौं । भादौ २३ र २४ गते भएका घटनामा मृत्यु भएका ७ जनाको शव अझै पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीले वार्षिक पत्रकार सम्मेलनमार्फत भाद्र २३-२४ का घटनासहित वर्षभरिका प्रमुख घटना, अपराध अनुसन्धान तथा शान्ति सुरक्षा अवस्थाबारे जानकारी दिँदै यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार ती घटनासँग सम्बन्धित विभिन्न २४८ मुद्दामा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकसहित ३४९ जना प्रतिवादी कायम भएका छन्।
प्रहरीले घटनासँग सम्बन्धित मुद्दाको अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढिरहेको जनाएको छ। घटनामा संलग्न व्यक्तिहरूमाथि अनुसन्धानका आधारमा विभिन्न मुद्दा दर्ता गरिएको प्रहरीको भनाइ छ।
भाद्र २३ र २४ गते भएका घटनाका क्रममा ठूलो जनधनको क्षति भएको थियो। घटनामा मृत्यु भएका केही व्यक्तिको पहिचान अझै खुल्न नसकेको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीले पत्रकार सम्मेलनमा अपराध अनुसन्धान, शान्ति सुरक्षा, वर्षभरिका प्रमुख घटना तथा संगठनले हासिल गरेका उपलब्धिबारे समेत जानकारी दिएको छ।
