Nepal Purbadhar

पासपोर्ट छपाइ भ्रष्टाचार मुद्दामा परराष्ट्रका उपसचिव पोखरेल पनि धरौटीमा रिहा

फाईल तस्वीर


काठमाडौं । विशेष अदालतले पासपोर्ट छपाइसम्बन्धी भ्रष्टाचार मुद्दामा परराष्ट्र मन्त्रालयका उपसचिव शत्रुध्नप्रसाद शर्मा पोखरेललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

विशेष अदालतका सदस्यद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले मंगलबार पोखरेललाई ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

विदेशस्थित नेपाली नियोगमा कार्यरत रहेका कारण पोखरेल मंगलबार मात्रै अदालतमा उपस्थित भएका थिए।

यसअघि प्रधानमन्त्री बालेन्द्र शाहको दबाबमा असार ८ गते मुद्दा दायर गरिएका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित सात जना अदालतको आदेशमा असार १५ गते नै रिहा भइसकेका छन्।

अदालतले महानिर्देशक अर्याल र पासपोर्ट छपाइको ठेक्का पाएको जर्मन कम्पनीका नेपाली एजेन्ट मणिन्द्रराज मल्लसँग ५–५ लाख रुपैयाँ धरौटी मागेको थियो।


Read Previous

प्रदीप अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा, १ करोड ७१ लाख रुपैयाँ बिगो

Read Next

जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०-१० लाख जरिवाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar