
काठमाडौ । उद्योगी–व्यवसायीसँग भेटघाटलाई पछिल्ला केही दिनदेखि निरन्तरता दिँदै आएका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज (शुक्रबार) ऊर्जा क्षेत्रका उद्यमीहरूसँग छलफल गर्ने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बिहान ११:३० बजे हुने भेटवार्तामा ऊर्जा क्षेत्रका समसामयिक समस्या, चुनौती तथा तिनको समाधानका उपायबारे छलफल हुने कार्यक्रम रहेको छ।
एक ऊर्जा उद्यमीका अनुसार प्रधानमन्त्रीले ऊर्जा क्षेत्रका समस्या र सम्भावित समाधानबारे प्रत्यक्ष छलफल गर्न आफूहरूलाई सिंहदरबारमा आमन्त्रण गरेका हुन्।
१० वर्षमा ३० हजार मेगावाट उत्पादनको लक्ष्य लिएको सरकारले उर्जा उध्यमी सग पहिलो पल्ट सवाद गर्न लागेको हो
। भेटमा इप्पान अध्यक्ष मोहन डागी, निवर्तमान अध्यक्ष गणेश कार्की, वरिष्ठ उपाध्यक्ष उत्तम लामा सहितको टोली जाँदै छ ।!
