Nepal Purbadhar

एपोलो हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला



काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले आज (चैत २६ गते)देखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ।


कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि यसअघि छुट्याइएको आईपीओ बाँडफाँट गरिसकेपछि अब सर्वसाधारणका लागि शेयर बिक्री खुला गरेको हो।
यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन छिटोमा चैत ३० गते बन्द हुनेछ भने पर्याप्त आवेदन नपरेमा ढिलोमा २०८३ वैशाख १० गतेसम्म खुला रहनेछ।


कम्पनीलाई केयर रेटिङ्ग नेपालले ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरिरहेको ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३७ करोड २० लाख ३९ हजार रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत २२ करोड ८६ लाख ७३ हजार रुपैयाँ अनुमान गरिएको छ।

आयोजनाको साधारण लगानी फिर्ता अवधि ७.७७ वर्ष तथा डिस्काउण्ट गरिएको लगानी फिर्ता अवधि १६.४३ वर्ष रहेको छ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सी–आस्बा प्रणालीबाट तथा ‘मेरो शेयर’ अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्।


Read Previous

सरकारी ठेक्का प्रणालीमा अनधिकृत पहुँच: ठेक्का विवरण हेरफेर प्रकरणमा ६ जना पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar