ललितपुर । ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा भएको आगलागी नियन्त्रणमा आएको छ । मंगलबार दिउँसो पौने ४ बजेतिर आगलागी सुरु भएको थियो। दमकलहरु पुगेर आगलागी नियन्त्रणमा लिइसकेका छन् । घटनामा मानवीय क्षति भएको छैन । भौतिक क्षतिको आँकडा आइसकेको छैन। तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी