
काठमाडौँ । मध्यपूर्वमा विकसित भएको पछिल्लो अवस्थाका कारण त्यहाँका विभिन्न देशमा रहेका धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू प्रभावित भएको भन्दै नेपाली कांग्रेसले समस्यामा परेका नेपालीका लागि ‘हेल्प डेक्स’ सञ्चालनमा ल्याएको जनाएको छ ।
कांग्रेस सभापति गगनकुमार थापाले उक्त जानकारी दिँदै सबैलाई थप आवश्यक सहयोग पुर्याउन ‘हेल्प डेक्स’सञ्चालनमा ल्याएको जनाएका हुन् । उनले कतिपयलाई सम्पर्क गरी राहत, स्थानान्तरण र तत्काल उद्धारको आवश्यकता परेको भन्दै विदेशमा रहेका धेरैको आफ्नो परिवारसँग सम्पर्क हुन नसकेको अवस्था रहेकोसमेत उल्लेख गरेका छन् ।
नेपालबाट उड्ने धेरै उडानहरू रद्द भएका कारण थुप्रै नेपाली प्रभावित भएको भन्दै सरकारले यसमा आफ्नो तवरले काम गरिरहेकोसमेत जनाएका छन् ।
प्रक्रियालाई सहज बनाउन सम्बन्धित देशमा रहेका नेपाली जनसम्पर्क समिति तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) का सदस्यहरूले ‘हेल्प डेक्स’मार्फत आवश्यक समन्वय गरिरहेकोसमेत जनाएका छन् ।
साथै उडान अवरुद्द भएर काठमाडौँमा रोकिएकाहरूलाई आफ्नो गृह जिल्ला वा घरसम्म पुग्नका लागि यातायातको आवश्यक प्रबन्ध गरेकोसमेत सभापति थापाले जनाएका छन् ।
आवश्यक सहयोग वा समन्वयका लागि ह्वाट्सएप मार्फत सम्पर्क गरी सहयोग लिन सकिनेसमेत कांग्रेसले जनाएको छ ।
सम्पर्क विवरणहरू:
नेपाली कांग्रेस केन्द्रीय पार्टी कार्यालय सम्पर्क कृष्णप्रसाद दुलाल – (९८५२०५४०८१)
सम्पर्क व्यक्ति- सुदिप ढुङ्गाना- (९८४००४०७१७)
- काठमाडौँ बाहिर जान यातायातको लागि: भरतप्रसाद अर्याल (९८४९८८४३७२)
- बहराइन: शेरबहादुर रावत (+९७३३९०१६३९३)/पदमसुन्दर गुरुङ (+९७३६६९०७०९४)
- कतार: मोहम्मद अजिज (+९७४५५२३५९२१)/राज रेग्मी (+९७४६६६८२०६७)
- यूएई: भुवानी प्र. तिमल्सिना (००९७१५०७९५१०१९) / रमेश श्रेष्ठ (+९७१५०३९८०४९९)
- इजरायल: खगेश्वर अधिकारी – (+९७२५४२८५९४७६)/राजेन्द्र उप्रेती (+९७२५३७८२५३७८२७६१९)
