
काठमाडौं । चक्रपथ विस्तार अन्तर्गत नारायण गोपाल चोकदेखि चप्पल कारखाना खण्डको विस्तारको काम ५० प्रतिशत सकिएको छ ।

चीन सरकारको अनुदानमा बनाउने भनिए पनि कलंकी–बसुन्धरा खण्डमा ढिलाइ भएपछि नेपाल सरकारले आफ्नै लगानीमा यस खण्डको विस्तार थालेको हो । यसका लागि चालु आर्थिक वर्षमा २५ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । त्यही अनुसार सात सय मिटर दूरीमा ठेक्का गरेर काम अघि बढाइएको छ ।

महाराजगन्जदेखि धोबीखोला (गोपीकृष्ण पुल) सम्म विस्तार गर्ने योजना रहेको र पहिलो चरणमा उपलब्ध बजेट अनुसार सात सय कालोपत्रे गर्न लागिएकव हो । तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी



