
काठमाडौं । नेपाल धितोपत्र बोर्डले एपोलो हाइड्रोपावर लिमिटेडलाई प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) का लागि विवरणपत्र प्रकाशन गर्न स्वीकृति दिएको छ । बोर्डले मिति २०८२ साल माघ २० गते कम्पनीलाई विवरणपत्र प्रकाशनको अनुमति प्रदान गरेको हो ।
स्वीकृति अनुसार एपोलो हाइड्रोपावर लिमिटेडले कुल १४ लाख १० हजार कित्ता साधारण शेयर सार्वजनिक निष्काशन गर्नेछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा शेयर जारी गर्ने जनाएको छ ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेड ले पाएको छ । विवरणपत्र प्रकाशनसँगै कम्पनीले छिट्टै सर्वसाधारणका लागि आईपीओ निष्काशन प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।
जलविद्युत् क्षेत्रमा लगानी गरिरहेको एपोलो हाइड्रोपावर लिमिटेडको आईपीओ स्वीकृतिसँगै पुँजी बजारमा थप एक जलविद्युत् कम्पनी प्रवेश गर्ने बाटो खुलेको छ ।

