
काठमाडौं । स्नो रिभर्स लिमिटेडले प्रारम्भिक सार्वजनिक सेयर (आईपीओ) निष्कासनका लागि अनुमति प्राप्त गरेको छ। नेपाल धितोपत्र बोर्डले आइतबार कम्पनीलाई आईपीओ जारी गर्न स्वीकृति दिएको हो।
बोर्डको स्वीकृतिसँगै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल १८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने बाटो खुलेको छ। यसअघि कम्पनीले सोही परिमाणको सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएको थियो।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटल लिमिटेडले सम्हाल्नेछ। सेयर निष्कासनको मिति र अन्य विवरण भने आगामी दिनमा सार्वजनिक गरिने जनाइएको छ।



