Nepal Purbadhar

बालेन शाह चुनावी मैदान, सुरु गरे मतदाता भेट्न (तस्बिरहरु)


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले मतदाताहरुसंग भेट्न थालेका छन् ।

उम्मेदवारी दिएको भोलिपल्ट बिहानैबाट मतदाताहरु भेट्न थालेका हुन् । बिहानैदेखि उनले मतदाताका कुराहरु सुन्न थालेका छन् । मंगलबार बालेन शाहले झापा-५ बाट प्रतिनिधी सभाका लागि उम्मेदवारी दिएका थिए ।

यो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको क्षेत्रको हो । उनी यहिबाट चुनाव जित्दै आएका छन् । यो पटक ओली र बालेनबीच चुनावी प्रतिस्पर्धा हुँदैछन् । युवाहरु माझ काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि चर्चा कमाएका शाह र पूर्व प्रधानमन्त्री ओलीबीचको प्रतिस्पर्धालाइ रोचक रुपमा हेरिएको छ । एक हिसाबले यो चुनावको इपिसेन्टरमा पनि हो । सबैभन्दा धेरै चर्चा झापा-५ को छ ।


Read Previous

पुर्वमन्त्री कुलमान घिसिङले काठमाडौ-३ बाट गराए उम्मेदवारी दर्ता

Read Next

सुनको भाउ एकैदिन बढ्यो १० हजार, कतिमा भइरहेको छ कारोबार ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar