
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट चुनाव लड्ने तयारीसहित पदबाट राजीनामा दिने भएका छन् ।
खरेलले आज साँझ विशेष पत्रकार सम्मेलनमार्फत राजीनामाको औपचारिक घोषणा गर्ने कार्यक्रम छ । रास्वपा स्रोतका अनुसार उनी ललितपुर–२ बाट उम्मेदवार बन्ने भएपछि मन्त्री पद छोड्न लागेका हुन् ।
मन्त्री खरेल राजीनामा पत्रसहित प्रधानमन्त्री कार्यालय पुगेका छन् । राजीनामा स्वीकृत भएपछि मन्त्रालयमा विशेष पत्रकार सम्मेलन तथा विदाइ कार्यक्रम आयोजना गर्ने तयारी गरिएको छ ।









