Nepal Purbadhar

आठ घण्टापछि सञ्चालनमा आयो कालीगण्डकी कोरिडोर

फाइल तस्बीर।


लेदोसहितको पहिरो हटाएपछि सडक खुल्यो, यात्रुलाई सतर्क भएर यात्रा गर्न प्रहरीको आग्रह

काठमाडौं। बागलुङमा पहिरोका कारण अवरुद्ध भएको राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर करिब आठ घण्टापछि सञ्चालनमा आएको छ।

कोरिडोरको बागलुङ खण्डअन्तर्गत जैमिनी नगरपालिका–८ बेलबगरमा सोमबार बिहान लेदोसहितको पहिरो झरेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीका अनुसार बिहानदेखि डोजरसहितका उपकरण प्रयोग गरेर पहिरो हटाउने काम सुरु गरिएको थियो। निरन्तर वर्षा र लेदोसहितको पहिरो बगिरहेकाले सडक खुलाउन करिब आठ घण्टा लागेको उनले बताए।

सडक अवरुद्ध हुँदा बागलुङको दक्षिणी क्षेत्रमा सञ्चालन हुने यातायात सेवा ठप्प भएको थियो भने मुक्तिनाथतर्फ जाने पर्यटकसमेत बाटोमै अलपत्र परेका थिए। सडक खुलेपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ जान थालेका छन्।

प्रहरीले सडक सञ्चालनमा आए पनि पहिरोको जोखिम अझै कायम रहेकाले यात्रु र सवारी चालकलाई आवश्यक सतर्कता अपनाएर मात्र यात्रा गर्न आग्रह गरेको छ।


Read Previous

दूरसञ्चार प्राधिकरणमा घिमिरे र प्रेस काउन्सिलमा श्रेष्ठ नियुक्त, परिणाममुखी भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

Read Next

प्रगति नगरेका जलविद्युत् आयोजनाको वर्गीकरण गरी उचित निर्णय गरिन्छ: ऊर्जामन्त्री श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar