
काठमाडौं । सुन्तलाका लागि पकेट क्षेत्र पोखरा महानगरपालिका वडा नम्बर–२१, हर्राबोट क्षेत्रको घरघरमा लटरम्म सुन्तला फलेका छन् ।

पोखरा महानगरपालिकामा उत्पादन हुनेमध्ये आधा उत्पादन हुने उक्त क्षेत्रमा अहिले किसानलाई सुन्तला विक्रि गर्ने चटारो चलिरहेको छ । केही किसानले एकैपटक ठेक्का दिन्छन् त कसैले बजारमा लगेर विक्रि गर्छन् । उक्त क्षेत्रमा ३५०० देखि ४ हजार मेट्रिक्टन सुन्तला उत्पादन हुने गरेको पोखरा महानगरका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए ।

पोखरा महानगरमा ३ सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिन्छ । पोखरामा १० करोड बराबरको सुन्तलाको कारोबार हुने गरेको महानगरको तथ्यांक छ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।















