Nepal Purbadhar

संसदीय सेवा दिवस आज, जेन जी आन्दोलनका क्रममा आगजनीबाट भग्नावशेष भएको संघीय संसद भवन तस्बिरमा हेर्नुस्


काठमाडौं । नेपालमा विभिन्न समयमा हुँदै आएको आन्दोलनका क्रममा पटक पटक निशानामा पार्दै आएको संघीय संसद भवन अन्तत: गत भदौ २३ र २४ गते भएको आन्दोलनमा सुरक्षित हुन सकेन, जेन जी आन्दोलनकारीहरुले संसद भवन लक्षित गरेका प्रदर्शनी रोक्न प्रहरीले गोली समेत प्रहार गर्नु परेका थियो, गोली प्रहारबाट २३ गरेको प्रदर्शनीमा १९ जनाले ज्यान गुमाएका थिए । कडा सुरक्षा घेरा रहने संसद भवन अन्तत भाद्र २४ गरेको आगजनीले पूर्ण रुपमा भग्नावशेषमा परिणत भएको छ ।

निर्वाचन प्रणालीबाट चुनिएर आएका प्रतिनिधिहरूले देशलाई आवश्यक नीति नियम र कानून निर्माण गर्ने महत्वपूर्ण थलोको रुपमा रहेका संसद जेन जी आन्दोलन पश्चात विगठन भएको छ ।

सुशीला कार्कीको अन्तरिम सरकारले यही फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा समेत गरी सकेको छ ।

सरकारको महत्वपूर्ण अंगको रूपमा रहेको व्यवस्थापिका अर्थात् संसदीय अभ्यास नेपालले सुरु गरेको १९ वर्ष पूरा भएको छ ।

संसदीय अभ्यासलाई थप प्रभावकारी, मर्यादित र व्यावसायिक बनाउन २०५८ सालमा निजामती सेवाबाट संसद सेवा गठन भएको थियो । छुट्टै ऐनद्वारा संसद् सेवाको गठन गरिएको स्मरणमा हरेक वर्ष मङ्सिर २८ गते संसद् सेवा दिवस मनाउने गरिएको छ।

नेपालको संविधानको धारा २०७ मा संघीय संसदकाे कामकारबाही सञ्चालन तथा व्यवस्थापन गर्न एक सचिवालय रहने र त्यस्तो सचिवालयको स्थापना तथा त्यससम्बन्धी अन्य व्यवस्था संघीय कानून बमोजिम हुने व्यवस्था छ। निजामती सेवा ऐनबाट निकालेर छुट्टै ऐनद्वारा सञ्चालित संसद सेवा विशिष्ट, स्वायत्त र व्यवसायिक सेवा हो।

राज्यको सर्वोच्च जनप्रतिनिधिमूलक संस्थाका रूपमा रहेको संघीय संसदलाई प्रशासनिक र प्राविधिक सहयोग पुर्याउँदै आएको संसदीय सेवाको भूमिका संविधानको सफल कार्यान्वयन र कानून निर्माण प्रक्रियामा अत्यन्तै महत्त्वपूर्ण रहेको छ। संसदलाई आवश्यक पर्ने जनशक्ति, सूचना, प्रविधि र भौतिक सामग्रीलगायत उपलब्ध गराउनु संघीय संसद सचिवालयको कार्य रहँदै आएको छ।

संसद सेवाको विशिष्ट कार्य प्रणालीले विधायिकी कार्य र संसदीय काम कारबाहीमा अविच्छिन्न सहयोग पुगेकाे छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।


Read Previous

गोल्याण ग्रुपमा नेतृत्व हस्तान्तरण, ३७ वर्षीय अक्षय गोल्याण नयाँ अध्यक्ष

Read Next

काेशी टप्पु: नेपालकाे पहिलाे रामसार क्षेत्र, तस्बिरमा हेर्नुस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar