Nepal Purbadhar

बानेश्वर क्षेत्र तनावग्रस्त बनेपछि सेना परिचालन


काठमाडौं । जेनजी पुस्ताले गरेको आन्दोलनका कारण बानेश्वर क्षेत्र तनावग्रस्त बनेपछि सेना परिचालन भएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले आन्दोलन नियन्त्रण बाहिर गएपछि दिउँसो साढे १२ बजेबाट राती १० बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेसँगै बानेश्वर क्षेत्रमा सेना परिचालन भएको हो ।

हाल काठमाडौं सहित देशैभरका विभिन्न ठाउँमा जेनजी पुस्ताले भ्रष्टाचार विरुद्धमा आन्दोलन गरिरहेका छन् । जनताले तिरेको करमा सरकारमा बसेकाहरूले मनपरि गरेकोलगायतका आरोपसहित जेनजी पुस्ताले आन्दोलन गरिरहेका हुन् ।

उक्त आन्दोलन चर्किँदै जाँदा बानेश्वरस्थित संसद भवन क्षेत्रमा अवस्था तनावग्रस्त बनेको थियो । प्रदर्शनकारीहरूले संसद भवनको पर्खाल भत्काउनेदेखि गेटमा आगजनी समेत गरेका थिए । अवस्था नियन्त्रण बाहिर भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्युको घोषणा गरेको थियो ।

हालसम्म उक्त प्रदर्शनमा कैयौं घाइते भएको र कम्तीमा दुई जनाको मृत्यु पनि भएको खबर आएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले ‘आवश्यक परेमा रबरको गोली हान्नु’ भन्दै सुरक्षाकर्मीलाई आदेश दिएका छन् । काठमाडौंमा हाल भइरहेको जेनजी पुस्ताको आन्दोलनमा सुरक्षाकर्मीलाई आदेश दिँदै उनले सार्वजनिक सम्पत्ति संरक्षणका लागि ‘आवश्यक परेमा रबरको गोली हान्नु’ भनेका हुन् ।

Facebook Comments

Read Previous

काठमाडौंका सीडीओले भने- आवश्यक परेमा रबरको गोली हान्नु

Read Next

जेनजी आन्दोलन चर्किएपछि पोखरामा पनि लाग्यो कर्फ्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar