
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा दर्ता हुनका लागि सामाजिक सञ्जाल एक्सले कागजातबारे विवरण मागेको छ ।
मन्त्रालयकाअनुसार शुक्रबार एक्सका प्रतिनिधिले मेलमार्फत के के चाहिन्छ भन्दै सरकारको सम्पर्कमा आएका हुन् ।
बिहीबार सरकारले नेपालमा सञ्चार मन्त्रालयमा सूचिकृत नरहेका सामाजिक सञ्जालका माध्यमहरूलाई प्रतिबन्ध गर्ने निर्णय गरेको थियो । हाल सरकारको निर्णयको पक्ष र विपक्षमा बहस भइरहेको छ ।
Facebook Comments