Nepal Purbadhar

आर्शिवाद दाल मिलले एक वर्षमा गर्‍यो ८५ करोडबढीको व्यापार


काठमाडौं । आर्शिवाद दाल मिल प्रालिले एक वर्षमा ८५ करोड रुपैयाँभन्दा बढिको कारोबार गरेको छ । २०२५ मा यो कम्पनीले ८५ करोड ९० लाख रुपैयाँको कारोबार गरेको हो ।

यसअघि २०२४ मा यो कम्पनीले ९१ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो । त्यस्तै, २०२३ मा भने कम्पनीले ८९ करवड ३० लाख रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीको कारोबारमा कमि आउँदा मार्जिनमा पनि कमि आएको छ ।

कम्पनीको पिबिआइएलडिटी मार्जिन २०२३ मा १०.६१ प्रतिशत रहेको थियो । २०२४ मा भने कम्पनीको मार्जिन ९.३५ प्रतिशत कायम भएको थियो । २०२५ मा भने कम्पनीको मार्जिनमा थप कमि आएर ९.०९ प्रतिशत मार्जिन कायम भएको छ ।

२०१६ मा स्थापना भएको आर्शिवाद दाल मिल प्रालिले चना दाल, मसुर दाल र रहर दाललगायतका विभिन्न किसिमका दालहरूको प्रशोधनको काम गर्ने गर्छ । पर्सा बिरगञ्जमा कारखाना रहेको यो कम्पनीले प्रशोधन नभएका दाल तथा गेडागुडीको आयात गरेर त्यसलाई प्रशोधन गरेर ‘जगत’ ब्रान्ड नाममा बिक्री गर्छ ।

हाल यो कम्पनीसँग ३५ मेट्रिक टन प्रति दिन मुङ्ग दाल र मास दाल तथा ४० मेट्रिक टन प्रति दिन चना दाल, मसुर दाल र रहर दालको उत्पादन गर्ने कारखाना रहेको छ ।

कमुवनफकझ अध्यक्षका रूपमा शिभजी प्रसाद शाह अल्वार रहेका छन् । उनी शिभम सेभिङ एन्ड क्रेडिङ कोअपरेटिभ लिमिटेड तथा महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेडमा समेत अध्यक्ष तथा प्रोमोटरका रूपमा रहेका छन् ।

हालका लागि भने यो कम्पनीले ७४ करोड ७० लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । केयर रेटिङ नेपालले कम्पनीलाई ४२ करोड ६५ लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि डबल बि माइनस र ३२ करोड ५ लाख रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए फोर रेटिङ दिएको छ ।


Read Previous

इम्बोस्ड नम्बर जडानमा सेवाग्राहीलाई सास्ती

Read Next

अमेरिकी अदालतले ट्रम्प प्रशासनले लगाएको करलाई भन्यो ‘गैर-कानुनी’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar