Nepal Purbadhar

२ अर्ब लागतमा कमलादीमा बन्दै गरेको ‘होटल मोक्सी’ को निर्माण अन्तिम चरणमा, कहिलेबाट होला सञ्चालन?


काठमाडौं । काठमाडौंको कमलादीमा बनिरहेको चार तारे प्रिमियम ‘होटल मोक्सी’को निर्माण अन्तिम चरणमा पुगेको छ ।

एमएस ग्रुप अफ कम्पनिजअन्तर्गतको इन्टरनेसनल हिमालय हस्पिटालिटी एन्ड होटल लिमिटेडले निर्माण गरिरहेको यो होटलको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।

होटल मोक्सी निर्माणको कुल लगानी १ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । जसमध्ये ७३ करोड रुपैयाँ कर्जामार्फत र १ अर्ब १२ करोड रुपैयाँ इक्विटी यानीकि लगानीमार्फत पुरा गर्ने गरि निर्माण भइरहेको छ ।

११० रुम हुने यो प्रिमियम होटलमा सलुन, ब्युटी स्पा, हेल्थ क्लब, स्वमिङ पुल तथा अन्य आधुनिक सेवासुविधाहरूसमेत रहने कम्पनीले जनाएको छ ।

मेरियट इन्टरनेनलसँग ‘होटल व्यवस्थापन सम्झौता’ गरेको इन्टरनेसनल हिमालय हस्पिटालिटी एन्ड होटल लिमिटेडको प्रमोटरका रूपमा स्टिल, चिनी, केमिकल, घरजग्गा कारोबार, बैकिङ, इन्सुरेन्सलगायतमा लामो समयदेखि बलियो उपस्थिति बनाएको एमएस ग्रुप रहेको छ । कम्पनीको बोर्डमा सात जना रहेका छन्, जसको अध्यक्षता गौरव अग्रवालले गरेका छन् । अग्रवाल शिखर इन्सुरेन्स कम्पनीलगायतका अन्य कम्पनीमा पनि अध्यक्ष छन् । साथै, यसको कार्यकारी निर्देशकका रुपमा भने सुमित कुमार अग्रवाल रहेका छन् ।

१.२० एकड क्षेत्रफलमा फेलिएको यो होटल दशैं अघि नै सञ्चालनमा ल्याउने भनिएको छ । हालका लागि भने यो कम्पनीले ७३ करोड रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । जसमध्ये ६४ करोड रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि डबल बि प्लस रेटिङ पाएको छ भने ९ करोड रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए फोर प्लस रेटिङ पाएको छ ।


Read Previous

सुनको मूल्यमा तीन हजार बृद्धि, चाँदी पनि हालसम्मकै उच्च

Read Next

काठमाडौं उपत्यकाको सडकको खाल्डाखुल्डी मुक्त पारिने, के के गरिदैंछ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar