Nepal Purbadhar

दक्ष जनशक्तिबिना विकास सम्भव छैन : ऊर्जामन्त्री खड्का


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले नेपाललाई दिगो समृद्धिको मार्गमा अघि बढाउन प्राविधिक शिक्षा र सीपमूलक तालिम अपरिहार्य रहेको बताएका छन् ।

उनले दक्ष जनशक्ति बिना कुनै पनि मुलुकको समृद्धि सम्भव नभएको बताएका हुन् ।

प्राविधिक शिक्षा र सीपमूलक तालिमको महत्त्वलाई देखाउँदै मन्त्री खड्काले ’दिगो तथा सम्मानित रोजगारीका लागि शीप परियोजना (ENSSURE)’ को आर्थिक सहयोगमा बालाजु स्कूल अफ इंजिनियरिङ्ग एण्ड टेक्नोलॉजीद्वारा संचालित २० दिने ‘पावर हाउस अपरेसन एण्ड मेन्टेनेन्स तालिम’को समापन समारोहमा उनले दक्ष जनशक्ति बिना कुनै मुलुकको समृद्धि सम्भव नभएको बताएका हुन् ।

संखुवासभाको तुम्लिङटारस्थित श्री मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयमा आयोजित सो कार्यक्रममा सीपमूलक तालिम लिएका विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै मन्त्री खड्काले भने, ‘देशलाई कर्मठ र दक्ष जनशक्तिको आवश्यकता छ। परम्परागत शिक्षा मात्र पर्याप्त हुँदैन। त्यससँगै आधुनिक सीप, प्राविधिक दक्षता र व्यावहारिक ज्ञान हासिल नगरी श्रम बजारमा प्रतिस्पर्धा गर्न सकिँदैन।’

उनले मन्त्रालयले प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै स्थानीय तहसँग सहकार्यमा तालिम र रोजगारीका अवसर विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।

“विद्यार्थीहरूले प्राप्त गरेको सीपले आत्मनिर्भर बन्ने मात्र होइन, परिवार, समाज र सिंगो राष्ट्रलाई समेत योगदान पुर्‍याउनेछ,” मन्त्री खड्काले जोड दिए।

मन्त्री खड्काले संखुवासभा ५ हजार मेगावाट उत्पादन क्षमता भएको हाइड्रो पावर केन्द्रका रूपमा महत्त्वपूर्ण क्षेत्र रहेको बताउँदै यस जिल्लामा तालिम प्राप्त सबैलाई इंटर्नशिपको व्यवस्था गरिने जानकारी दिए । यसका लागि मन्त्रालयले विभिन्न हाइड्रो कम्पनीहरूसँग समन्वय गरिरहेको पनि बताए । उनले भने, ‘१४ सय विद्यार्थी रहेको श्री मनकामना विद्यालय संखुवासभाको गौरवको कुरा हो। यहाँ रहेको स्रोतको सही परिचालनले जिल्लालाई अन्य मुलुक र प्रदेशका लागि एक महत्त्वपूर्ण केन्द्र बनाउने क्षमता राख्दछ।’

मन्त्री खड्काले संखुवासभाको भौगोलिक र पर्यटनका दृष्टिकोणलाई पनि जोड दिएका छन्। उनले भने, ‘संखुवासभा त्रिदेशीय सीमा क्षेत्रसँग जोडिएको जिल्ला हो। यस क्षेत्रको पर्यटन क्षेत्रले अरबौँको राजस्व ल्याउने क्षमता राख्दछ।’

कार्यक्रममा सिटीइभिटीका सदस्य सचिव महेश भट्टराईले ऊर्जा मन्त्री खड्काको पहलमा तालिम संचालन गर्ने अवसर पाएकोमा खुशी व्यक्त गर्दै प्राविधिक शिक्षाको महत्वबारे प्रकाश पारेका थिए । उनले शिक्षा मन्त्रालय र ऊर्जा मंत्रालय बीच भएको सम्झौताका बारेमा समेत जानकारी दिँदै, ‘ऊर्जा मन्त्रालय अन्तर्गतका हाइड्रो आयोजनामा सिटीइभिटीबाट तालिम लिएकाहरूलाई इन्टर्नशिपको व्यवस्था गरिने’ कुरामा पनि पहल गरिदिन अनुरोध गरे।

Facebook Comments

Read Previous

साउनमा दर्ता भए १ सय २७ उद्योग, २४ अर्ब १० करोड लगानी प्रतिबद्धता

Read Next

नाडामा राजबहादुर शाहका ९ वटा भिन्टेज कार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar