Nepal Purbadhar

लोडसेडिङ हल्ला हो, १७ अर्ब ७२ करोडको विद्युत् निर्यात भएको छ :ऊर्जा मन्त्री खड्का


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले लोडसडिङ भइरहेको भन्दै हल्ला फैलाइएको बताएका छन् ।

प्रतिनिधिसभामा बोल्दै उनले लोडसेडिङ भइरहेको भन्दै फैलाइएको हल्ला निरर्थक भएको बताएका हुन् । बुधबारको बैठकमा सांसदहरुको प्रश्नहरुको जवाफ दिँदै खड्काले देशैभर केही क्षेत्रहरुमा बाहेक विद्युत आपूर्ति सहज ढंगले भइरहेको उनले बताए ।

उनले भने, ‘हमीले सुधारका लागि तिव्रताका साथ अघि बढिरहेका छौं । उत्पादनलाई निरन्तरता दिएका छौं । त्यसो हुँदा लोडसेडिङको कुरा निरर्थक रहेको निवेदन गर्छु ।’

खड्काले विद्युत विस्तार तथा आफुर्तिको कुरालाई सरकारले तिव्रताका साथ प्राथमिकता दिएर अघि बढाएर काम गरेरहेकी बताए । साथै उनले हाल १७ अर्ब ७२ करोड बराबरको विद्युत निर्यात र १२ अर्ब ९२ करोड बराबरको विद्युत आयात भइरहेको पनि उनले बताए ।


Read Previous

पुँजीगत खर्चको संकट : अव्यवस्थित बजेट, संघीयताको विपरीत विनियोजन र सुधारका उपाय

Read Next

याडिया भेलेक्समा विशेष अफर, कति पर्छ मूल्य?

Nepal Purbadhar