Nepal Purbadhar

११ कम्पनी कालोसूचिमा


काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ११ वटा कम्पनीलाई कालोसूचिमा राखेको छ । 

प्रधानमन्त्री कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार एक सूचना जारी गर्दै विभिन्न ११ कम्पनीलाई कालोसूचिमा राखिएको जनाएको हो । 

कालोसूचिमा पर्ने कम्पनीहरुमा १ वर्षका लागि कञ्चनपुरको राखि कन्स्ट्रक्सन, काठमाडौंको जगदम्बा कन्स्ट्रक्सन प्रालि, रोल्पाको जलजला मल्टिबिजनेस कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, नेपालगञ्जको शिवम् कन्स्ट्रक्सन, काठमाडौंको क्वालिटी इन्द्रावती कन्स्ट्रक्सन सप्लायर्स प्रालि, रुकुमको अमर हर्क दीपक कन्स्ट्रक्सन कम्पनी र काठमाडौंको अश्भि निर्माण सेवा प्रालि रहेका छन् ।  

त्यस्तै, कार्यालयले १ वर्ष ६ महिनाका लागि काठमाडौंको सप्तकोशी जलाधार निर्माण कम्पनि फ्रालि र बर्दियाको सदाशिव कन्स्ट्रक्सनलाई कालोसूचिमा राखेको छ । 

त्यस्तै, २ वर्षका लागि एम/एस अराभली इन्फ्रापावर लिमिटेड र लिलितपुरस्थित सैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालिलाई कालोसूचिमा राखिएको छ । 

यी कम्पनीहरुलाई जिम्मा लिएको काम तोकिएको समयमा सम्पन्न नगरेको आधारमा सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा १ बमोजिम कारबाही गरिएको हो । अब यी कम्पनीहरुले तोकिएको समयसम्म कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा भाग लिन पाउने छैनन् । 


Read Previous

दिपल एस०७ आईसीए नेपाली बजारमा सार्वजनिक, नयाँ के के फिचर थपिएको छ ?

Read Next

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको हाइब्रिड इलेक्ट्रिक कारमा विशेष अफर 

Nepal Purbadhar