Nepal Purbadhar

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको विशेष अफर !


काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को लागि नेपालमा टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डीकेटले विशेष अफर ल्याएको छ।

अगष्ट ६ देखि १० तारिख सम्म भृकुटीमण्डपमा आयोजना हुने उक्त एस्क्पोमा युनाइटेड ट्रेडर्स सिन्डीकेटले ‘टोयोटा मेगा अफर’ ल्याउँदैछ |

एक्स्पोमा टोयोटाको तीन मोडल – Yaris Cross Hybrid Electric , Land Cruiser 250 प्रदर्शनमा राखिनेछन् | उक्त एक्स्पोमा टोयोटाको कुनै पनि बुकिंग गर्ने प्रत्येक ग्राहकले ‘मेगा डिस्काउन्ट’ , ‘प्ल्याटिनम कार्ड’ साथै एक्स्पोमा बुकिंग गरिएका सवारी साधनको लागि जीवनभर पिकअप तथा  ड्रप सुविधा पाउनेछन् । 

 स्टलमा आउने हरेक आगन्तुकले आकर्षक टोयोटा गिफ्ट ह्याम्पर प्राप्त गर्नुहुनेछ | यो अफर नेपाल मोबिलिटी एक्स्पो २०२५ मा बुकिंग गर्ने ग्राहकहरुको लागि मात्रै उपलब्ध हुनेछ |


Read Previous

रोटरी क्लब अफ बानेश्वरले रोटरी वृक्ष तथा फलफूल नर्सरी स्थापना र वृक्षारोपण गर्‍यो

Read Next

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको ८ प्रतिशत ऋणपत्र सफलतापूर्वक बाँडफाँट सम्पन्न

Nepal Purbadhar