Nepal Purbadhar

मन्त्री र बिचौलियाबिच ‘घुस डिल’ भएको भनिएको पोखराको ‘लिची गार्डेन’ यस्तो छ!


काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र बिचौलियाबिच भएको घुस लेनदेनमा जोडिएको जग्गा हो – पोखरा बाटुलेचौर मार्गमा रहेको लिची गार्डेन । 

सोही गार्डेन आफुले चाहेको व्यक्ति नाममा दर्ता गराउन ती विचौलियाले खमबहादुर पुनलाई भूमि आयोग र रामचन्द्र अधिकारीलाई कास्कीको मालपोतमा सरुवा गर्न मन्त्री गुप्ता घुसको डिल गरेका थिए । 

अडियोमा सुनिएका ती विचौलियाले करिब दुई वर्षदेखि उक्त जग्गा दर्ता गर्न कसरत गरिरहेका थिए । उक्त घुस डिलमा मुछिएको मन्त्री गुप्ताले पदबाट राजीनामा दिइसकेका छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।


Read Previous

धरहरा विहान ८ देखि बेलुकी ८ बजेसम्म खुल्ने, सार्वजनिक विदामा पनि सञ्चालन हुने

Read Next

रोशी किनारको बस्ती जोगाउन के गर्दैछ स्थानीय सरकार ?

Nepal Purbadhar