
काठमाडौं । चीनसँग जोडिएको नेपाली नाका तातोपानी भन्सारबाट पहिलोपटक हेलिकप्टर आयात भएको छ ।
चीनको तियाजिन सहरस्थित एयरबस कम्पनीले उत्पादन गरेको हेलिकप्टर नेपाल भित्रिएको । नेपालस्थित हेलिकप्टर सञ्चालन गर्ने कम्पनी माउन्टेन हेलिकप्टर्स प्रालिले यो हेलिकप्टर खरिद गरेर नेपाल ल्याइएको हो ।
ट्रान्स सिल्क ट्रान्सपोर्ट नामक कम्पनीले ४० फुटे टेलरमा राखेर उक्त हेलिकप्टरलाई नेपाल ल्याएको हो ।
उक्त हेलिकप्टरलाई जाँचपाँच गरि तातोपानी नाकाबाट काठमाडौंसम्म उडाएर ल्याइने बताइएको छ ।