Nepal Purbadhar

हिमस्टार ऊर्जा कम्पनीले २४ गतेबाट आइपिओ निष्कासन  गर्ने, कम्पनीको वित्तिय अवस्था कस्तो छ ?


काठमाडौं । हिम स्टार ऊर्जा कम्पनीले आइपिओ निष्कासन गर्ने भएको छ ।

 सर्वसाधरणका लागि असार २४ गतेबाट आइपिओ निष्कासन गर्न लागेको हो । पहिलो चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरुका लागि आइपिओ निष्कासन गरेर बाँडफाँट गरिसकेकको छ ।  कम्पनीले सर्वसाधरणका लागि ७ करोड ७३ लाचख ९७ हजार ५०० रुपैयाँको ७ लाख ७३ हजार ९७५ कित्ता आइपिओ निष्कासन गर्न लागेक हो ।

कम्पनीको जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँ रहेको छ। यसमध्ये ३० प्रतिशत अर्थात् ११,१९,००० कित्ता सेयर सार्वजनिक निष्कासनको लागि छुट्याइएको हो । सार्वजनिक निष्कासन अन्तर्गत ५ प्रतिशत अर्थात् १,८६,५०० कित्ता सेयर (मूल्य १ करोड ८६ लाख रुपैयाँ) ओखलढुंगा र सोलुखुम्बु जिल्लाका आयोजना प्रभावित स्थानीयहरूलाई पहिल्यै निष्कासन गरिसकिएको छ ।

अब बाँकी २५ प्रतिशत अर्थात् ९,३२,५०० कित्ता सेयर सर्वसाधारणका लागि ल्याइनेछ । तीमध्ये १० प्रतिशत अर्थात् ९३,२५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि छुट्याइएको छ भने बाँकी ७,७३,९७५ कित्ता सर्वसाधारणका लागि खुला गरिएको हो ।

आईसीआरए नेपालले हिम स्टार ऊर्जा कम्पनी लिमिटेड (HUCL) को इश्युअर रेटिङ B+ बाट सुधार गर्दै BB- मा उक्लाएको छ, जसले कम्पनीले वित्तीय दायित्वहरू पूरा गर्न मध्यम जोखिम रहेको संकेत गर्दछ । यस्तैगरी, कम्पनीको दीर्घकालीन रेटिङ LB+ बाट LBB- मा सुधार गरिएको छ भने छोटो अवधिको कर्जाको रेटिङ भने A4 मै कायम गरिएको छ । यी रेटिङहरू कुनै विशिष्ट ऋण उपकरणसँग नभई कम्पनीको समग्र ऋण क्षमताका आधारमा दिइएका हुन् ।

हिम स्टार ऊर्जा कम्पनी लिमिटेडको स्थापना सन् २०१० को अगस्टमा निजी कम्पनीको रूपमा भएको थियो भने सन् २०१७ को डिसेम्बरमा सार्वजनिक कम्पनीमा रुपान्तरण गरिएको हो। कम्पनीले कोशी प्रदेशको ओखलढुंगा र सोलुखुम्बु जिल्लामा पर्ने ५ मेगावाट क्षमताको बुकु कपाटी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

कम्पनीको हालको चुक्ता पूँजी करिब २६ करोड १० लाख रुपैयाँ रहेको छ। प्रमुख प्रवर्द्धकहरूमा दिपक तिवारी (१६.४%), शोभा उप्रेती (७.२%) लगायत अन्य रहेका छन्।


Read Previous

बुद्ध एयरले ६ महिनामा गर्‍यो ७ अर्ब ४१ करोडको व्यापार 

Read Next

पिउने पानीको गुणस्तरमा निगरानी: २८ गाडीको अनुगमन, ४४ वटा प्रयोग गर्न नमिल्ने जार फेला