Nepal Purbadhar

डङफेङ ब्रान्डका गाडी बेच्ने त्रिवेणी मेटोकर्पको व्यापार १३ करोड ४० लाख


काठमाडौं । नेपालमा डङफेङ ब्रान्ड तथा कामा ब्रान्डका विद्युतीय गाडीहरु बिक्री गर्ने त्रिवेणी मेटोकर्प प्रालिले एक वर्षमा १३ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ । 

नेपालको व्यापारिक समूह त्रिवेणी ग्रुपअन्तर्गतको यो कम्पनी सन् २०२३ मा खुलेको थियो । यो कम्पनीले नेपालमा डङफेङ ब्रान्डका गाडी र स्पेयर पार्टस्का साथै कामा ईभी र माइक्रोबसहरुको बिक्री गर्दै आएको छ । २०२४ को मध्य अप्रिलबाट व्यवसायिक सञ्चालनमा आएको कम्पनीले एक वर्षमा १३ करोड ४० लाख रुपैयाँको व्यापार गरेको हो । 

यो अवधिमा कम्पनीको पिबिआइएलडीटी मार्जिन (ब्याज, लिज, मूल्यह्रास र कर तिर्नु अघि को नाफा) भने ५.१५ प्रतिशत कायम भएको छ । 

हालका लागि कम्पनीले ७० करोड रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले कम्पनीलाई ५ करोड रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि डबल बि र ६५ करोड रुपैयाँ अल्पकालिन कर्जा सुविधाका लागि ए फोर रेटिङ दिएको छ । 


Read Previous

वर्ल्ड लिंकले एक वर्षमा गर्यो ११ अर्बको व्यापार

Read Next

राष्ट्रिय स्वतन्त्र पार्टीबाट वेल घेराउ, राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा सदन बहिस्कार