
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले आइतबार बसेको प्रतिनिधिसभाको बैठकको भत्ता नलिने भएका छन् ।
राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले एक विज्ञप्ती जारी गर्दै प्रतिनिधि सभाको आइतबारको बैठकमा भिजिट भिसा प्रकरणमा संसद अवरुद्ध हुँदै गर्दा जबरजस्ती संसद सञ्चालन गरेकाले राप्रपाले बैठक बहिष्कार गरेको हुँदा बैठकबाट प्राप्त हुने बैठक भत्ता नलिने निर्णय गरिएको बताएका हुन् । विज्ञप्तीमा भनिएको छ, ‘उक्त दिनको बैठक भत्ता लिनु नैतिक र सैद्धान्तिक रुपमा उचित नहुने ठहर गर्दै राप्रपा संसदीय दलले मिति २०८२ असार १ गतेको संसद बैटक भत्ता नलिने निर्णय गरेको छ’
शाहीले उक्त भत्ता राजस्वमा फिर्ता पठाइदिन संघीय संसदका महासचिवलाई अनुरोध गरेको पनि बताएका छन् ।
प्रतिनिधिसभा संसदमा आइतबार बैठक राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विरोध जनाउँदै गर्दा सभामुखले जबर्जस्ती संसद बैठकलाई अघि बढाएका थिए ।
