Nepal Purbadhar

खाली संसद्‍मा बजेट छलफल


काठमाडौं । विरोध र नाराबाजीका बीच प्रतिनिधि सभामा बजेटमाथिको सामान्य छलफल सुरु भएको छ । विपक्षीहरुको विरोधका कारण अधिकांश कुर्सी खाली देखिएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बेल घेराउ गरेर नाराबाजी गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरू बैठक बहिष्कार गरेर बाहिरएका छन् । यसकारण प्रतिपक्षतर्फका अधिकांश कुर्सी खाली हुन पुगेका हुन् । 

सत्ताका सांसदहरुको उल्लेख्य सहभागिता छैन।  

आजको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले बजेटमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव राखेका छन् र त्यसमाथि सांसदहरूले धारणा राखिरहेका छन् ।


Read Previous

भुईमा बसेर रास्वपाको विरोध

Read Next

हेवा खोलाको पुल भाँचिएको बारे सहसचिव खनालको संयोजकत्वमा छानविन समिति गठन