Nepal Purbadhar

ज्यासमिन पेन्ट्सको ९ महिनामा गर्‍यो ६३ करोडको व्यापार


काठमाडौं । ज्यासमिन पेन्ट्सले २०२५ को ९ महिनामा नै ६३ करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ । 

यो व्यापार रकम भनेको २०२४ को पुरा वर्षमा गरेको व्यापारभन्दा ३ करोड ९० लाख रुपैयाँ मात्रै कमि हो । 

२०२१ मा यो कम्पनीले ६५ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । २०२२ मा भने कम्पनीको व्यापार ७४ करोड ६० लाख रुपैयाँ पुगेको थियो । 

तर २०२३ मा भने कम्पनीको व्यापारमा कमि आएको थियो । २०२३ मा ६२ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । 

त्यस्तै, २०२४ मा कम्पनीको व्यापार ६७ करोड ७० लाख रुपैयाँको भएको थियो । 

सन् १९९४ मा खुलेको ज्यास्मिन पेन्टस् प्रालि सन् २०२४ देखि भने पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । मुख्य गरि इन्टेरियर, एक्टेरियर, फलाम र काठ तथा वाटरप्रुफ पेन्टस्को बिक्रीमा संलग्न रहेको यो कम्पनीले वर्षेनी १९ हजार ३२७ मेट्रिक टन क्षमतामा उत्पादन गरिरहेको छ ।

भरतपुर चितवनमा उत्पादन कारखाना रहेको यो कम्पनीको स्वामित्व भने मधुसुदन अर्याल (३६ प्रतिशत), लक्ष्मण प्रसाद अर्याल (२३ प्रतिशत), अनुराधा शर्मा अर्याल (१५ प्रतिशत) लगायतसँग रहेको छ ।


Read Previous

रातो बंगला स्कुलको व्यापारमा वृद्धि, एकै वर्ष कमायो ६७ करोड ८० लाख 

Read Next

चन्द्रागिरी हिल्सको व्यापार ९ महिनामा ६३ करोड ५० लाख