Nepal Purbadhar

रेमिट्यान्समा १३.२ प्रतिशतको बढ्यो, ४ लाखले लिए नयाँ श्रम स्वीकृति


काठमाडौं । आर्थिक वर्ष २०८१/२०८२ को १० महिनामा मा नेपालमा भित्रिएको रेमिट्यान्समा १३.२ प्रतिशतको बृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको वर्तमान आर्थिक र वित्तिय स्थीति प्रतिवेदनकाअनुसार चालु आर्थिक वर्षको १० महिनामा रेमिट्यान्समा १३.२ प्रतिशतको बृद्धि भएर १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ भित्रिएको हो  । 

अघिल्लो वर्षको यहि अवधिमा रेमिट्यान्स १६.९ प्रतिशतले बढेको थियो । वैशाख महिनामा मात्रै १ खर्ब ६५ अर्ब ३० करोडको रेमिट्यान्स भित्रिएको छ । 

त्यस्तै,  चालु आर्थिक वर्षको १० महिनामा ४ लाख ५ हजार ६१० जनाले संस्थागत तथा व्यक्तिगत रुपमा नयाँ श्रम स्वीकृति लिएका छन् । यो अवधिमा पुन  श्रम स्वीकृति लिनेको संख्या २ लाख ८० हजार ३१४ पुगेको छ ।

अघिल्लो आर्थिक वर्षको सुरुवाती १० महिनामा ३ लाख ७३ हजार ३०७ जनाले नयाँ श्रम स्वीकृति र २ लाख ३६ हजार ३९८ जनाले पुन: श्रम स्वीकृति लिएका थिए । 


Read Previous

युके पठाईदिन्छु भन्दै ११ करोड बढी ठगी गर्ने दुई पक्राउ

Read Next

महंगी दर घट्यो