Nepal Purbadhar

रासायनिक मल ६ लाख मेट्रिक टन आपूर्ति गरिने


काठमाडौं । सरकारले रासायनिक मलको आपूर्ति बृद्धि गरेर ६ लाख मेट्रिक टन पुर्याउने भएको छ । 

आव २०८२/०८३ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् । 
साथै,  रासायनिक मलको आपूर्तिका लागि अनुदान २८ अर्ब ८२ करोड बिनियोजन गरिएको उनले बताए । 

रासायनिक मल कारखाना स्थापनाका लागि पनि आवश्यक समन्वय गरिने र लगानी बोर्डमार्फत प्रक्रिया थालिने उनले बताए ।


Read Previous

आगामी आर्थिक वर्षको बजेट भाषण सुरु,लाईभ

Read Next

प्रदेश र स्थानीय तहलाई ५ खर्ब ८२ अर्ब, कुन शीर्षकमा कति?