
काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट पास गर्नका लागि मन्त्रीपरिषद्को बैठक बस्दै छ ।
आज दिउँसो २ बजे बैठक बस्न लागेको हो ।
सरकारले संवैधानिक व्यवस्थाअनुसार आज बजेट सार्वजनिक गर्दै छ । बजेट सार्वजनिक गर्नुअघि मन्त्रिपरिषदबाट त्यसलाई पास गराउनका लागि बैठक बसेको हो ।
संघीय संसद्को दुवै सदनमा आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिउँसो ३ बजे बजेट प्रस्तुत गर्दैछन् ।