Nepal Purbadhar

गभर्नर को हुनेमा सहमति नभएपछि मन्त्रीपरिषद्को बैठक स्थगित, प्रधानमन्त्री ओली र देउवा भेट्दै


काठमाडौं । पूर्वनिधारित मन्त्रीपरिषद्को बैठक स्थगित भएको छ । 

सोमबार साँझ ६ बजेका लागि निर्धारित बैठक स्थगित भएको हो । प्रधानमन्त्री निकट स्रोतकाअनुसार गभर्नर नियुक्तीको विषय केन्द्रित रहेर बस्न लागेको बैठक गभर्नर को बन्ने भन्ने विषयमा सहमति नभएसँग स्थगित भएको हो । 

मन्त्रिपरिषद्को बैठक स्थगित भएसँगै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भने भेटघाट हुने तय भएको छ । दुईबीच गभर्नर को हुने भन्ने विषयलाई लिएर भेटवार्ता हुन लागेको स्रोतले जनाएको छ । 


Read Previous

सिमेन्ट कंक्रिट सडक बनाउन सरकारले अध्ययन गरिरहेको छ- मन्त्री दाहाल

Read Next

पानी परेसँगै हिलाम्मे सूर्यविनायक धुलिखेल सडक हेर्नुस तस्बिरमा

Nepal Purbadhar