Nepal Purbadhar

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

प्राधिकरणकाे कृष्णनगर वितरण केन्द्रले गत आवमा १ अर्ब २८ करोड राजस्व संकलन गर्याे  


कपिलवस्तु । नेपाल विद्युत् प्राधिकरणकाे कृष्णनगर वितरण केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब २८ करोड ७९ लाख ५१ हजार ७ सय ९२ रुपैयाँ  राजस्व सङ्कलन गरेको छ । वितरण केन्द्रका प्रमुख सुशील पौडेलका अनुसार गत आवको तुलनामा ३७.८६ प्रतिशत बढी राजस्व सङ्कलन भएकाे हो ।

“आव २०७९/८० मा कृष्णनगर वितरण केन्द्रले ९३ करोड ४२ लाख २३ हजार ८ सय ५१ रुपैयाँ राजश्व संकलन भएकाे थियाे । गएकाे  आर्थिक वर्षमा विद्युत खपत बढेकाले राजश्व अझै बढेकाे छ,”उनले भने ।

गत आवमा विद्युत् प्राधिकरण कृष्णनगर वितरण केन्द्रमार्फत १३ करोड ९३ लाख ७३ हजार ५ सय ३७ युनिट विद्युत खपत भएको केन्द्र प्रमुख पौडेलले जानकारी दिए । आव ०७९/८० मा ९ करोड ९२ लाख ४३ हजार २ सय ८६ युनिट विद्युत खपत भएको थियो । गतवर्षको तुलनामा ४०.०५ प्रतिशत खपत वृद्धि भएको वितरण केन्द्रले जनाएको छ ।

प्राधिकरणले ४५ दिनको लक्ष्य लिए पनि ४१ दिनमा लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न सफल भएको हो । हुकिङमार्फत विद्युत् चोरी गर्ने ५४ जनालाई कारबाही गरी ८ लाख १९ हजार ७ सय २२ रुपैयाँ सङ्कलन गरेको छ ।

कालोसूचीमा परेका ६१ ग्राहकबाट ४७ लाख ७९ हजार ९६ रुपैयाँ, मिटरबाट सिधा विद्युत् चोरी गर्ने १० जनामार्फत २ लाख ४४ हजार ४ सय ४१ रुपैयाँ जरिवाना रकम लिइएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले ‘डिमान्ड’ चुहावटमा परेका ८२ जनामार्फत ३ लाख ३ हजार ९ सय ५३ रुपैयाँ, बन्दी मिटरबाट ४ लाख २९ हजार ४ सय ७५ रुपैया असुल गरेको छ । विद्युत् महसुल शुल्क नतिरेका २ हजार ३ सय ४९ जनामार्फत ६ करोड ७५ लाख ८ सय ३३ रुपैयाँ सङ्कलन गरेको हो ।

केन्द्रले सडक बत्तीको ७ करोड ४ लाख ३७ हजार ९ सय ८३ रुपैयाँ बक्यौता रहेको जनाएको छ । सरकारी अनुदान बक्यौता ६ करोड ६ लाख ३३ हजार १ ७७ रुपैयाँ छ ।

वितरण केन्द्रले कपिलवस्तुको चोरखोला गाउँमा ६२ वर्षपछि विद्युतीकरण गरी गाउँमा बत्ती बालेको छ । आव २०८०/८१ मा कृष्णननगर मातहत सञ्चालित विभिन्न १३ योजनामध्ये ८ वटा सम्पन्न भएका छन् । बाँकी ५ वटा योजना सञ्चालनको चरणमा छन् । कृष्णनगर वितरण केन्द्र मातहत कूल ५० हजार ५ सय ८१ ग्राहक छन् ।


Read Previous

सडक मापदण्डभित्रका संरचना हटाउन सुरु     

Read Next

साँझसम्ममा ६ वटै उद्याेगकाे विद्युत आपूर्ति सुचारु गर्ने प्राधिकरणकाे निर्णय

Leave a Reply

Your email address will not be published. Required fields are marked *