Nepal Purbadhar

४०० केभी ढल्केबर-इनरुवा प्रसारण लाइन र हेटौँडा सबस्टेसनको औपचारिक उद्घाटन हुँदै   


बागमती । मुलुकको विद्युत प्रसारण प्रणालीलाई सुदृढ एवं विश्वसनीय बनाउन तथा नेपाल र भारतबीच अन्तरदेशीय विद्युत व्यापार गर्ने उद्देश्यले निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड र ढल्केबर सबस्टेसनका शुक्रबार औपचारिक उद्घाटन हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रसारण लाइन र सबस्टेसनकाे औपचारिक उद्घाटन गर्न लागेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित हेटौँडा सबस्टेसनको हेटाैंडामा आयोजना हुने विशेष कार्यक्रममा उद्घाटन गर्ने कार्यक्रम रहेको सबस्टेशन आयोजना प्रमुख शुक्रराज देवकोटाले बताए ।

हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेनसम्मको १५४ किलोमिटर  ‘डबल सर्किट’ प्रसारण लाइन निर्माण सम्पन्न भइसकेकाे छ । हेटाैंडा सबस्टेसन पनि निर्माण सम्पन्न भइ सञ्चालन भइसकेकाे छ ।

प्रसारण लाइनकाे ढल्केबर-हेटाैंडा खण्डकाे प्रसारण लाइन पूरा हुन बाँकी छ । याे प्रसारण लाइन निर्माण सम्पन्न भइ सञ्चालन हुँदा ४  हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ ।


Read Previous

१८ वर्षपछि महारानीथान-छाप-डाँडाखेत सडककाे स्तरोन्नति

Read Next

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना ९२ प्रतिशत पूरा