Nepal Purbadhar

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

नेपाल एयरलाइन्सले सिमकोट-सुर्खेत परीक्षण उडान भर्ने   


सिमकोट । नेपाल एयरलाइन्सले यही फागुन ७ गते सिमकोट-सुर्खेत रुटमा परीक्षण उडान गर्ने भएको छ । यसअघि नेपालगञ्ज-सिमकोट-नेपालगञ्ज रुटमा उडान गर्दै आएको एयरलाइन्सले कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने गरी सिमकोटबाट परीक्षण उडान गर्ने भएको हाे ।

परीक्षण उडानका लागि सबै तयारी पूरा भएकाे नेपाल एयरलाइन्स सिमकोट स्टेशनका प्रमुख छिरिङ लामाले जानकारी दिए ।      “नेपाल एयरलाइन्सको जहाजले नेपालगञ्ज-सिमकोटमा उडान गरेपछि सोही दिन सिमकोट-सुर्खेत परीक्षण उडान हुनेछ”, उनले भने, “त्यसपछि सुर्खेत-सिमकोटका लागि यात्रुसहितको उडान भर्ने तालिकाको तयारी भइरहेको छ ।”

उडानकाे भाडा दर भने निर्धारण भइसकेको छैन । सिमकोट-सुर्खेत हवाई उडान हुने भएपछि हुम्लाबासीलाई सहज हुने भएको स्थानीय गोर्ख रोकायाले बताए ।

“सिमकोट-सुर्खेत उडान सुरु भएपछि हुम्लाबाट नेपालगञ्ज र नेपालगञ्जबाट सुर्खेत जानुपर्ने बाध्यता हट्नेछ”,उनले भने ।  सिमकोटबाट नेपालगञ्ज जान जहाजमा ४५ मिनेट लाग्छ भने अब सिधै प्रदेश राजधानी सुर्खेत पुग्न नियमित उडान भए ३५ मिनेटमा पुग्न सकिने रोकायाले बताए ।


Read Previous

पेट्रोल, डिजेल र मट्टीतेलकाे मूल्य बढ्यो   

Read Next

दूधकोसी जलाशय आयोजनाको सुरुङ टिबिएमबाट खन्ने गरी डिजाइन तयार गरिँदै

Leave a Reply

Your email address will not be published.