Nepal Purbadhar

शनिबार, बैशाख २९, २०८१
Saturday, May 11, 2024

शनिबार, बैशाख २९, २०८१
Saturday, May 11, 2024

सवारी दुर्घटनाको सूचना व्यवस्थापनका लागि नेपाल प्रहरी र राष्ट्रिय सडक सुरक्षा परिषदबीच समझदारी


काठमाडौं । नेपाल प्रहरी र राष्ट्रिय सडक सुरक्षा परिषदबीच ‘सवारी दुर्घटना सूचना व्यवस्थापन प्रणाली’ सञ्चालन तथा ट्राफिक व्यवस्थापनसम्बन्धी सुरक्षा उपकरण हस्तान्तरणमा सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव ज्ञानेन्द्रकुमार झाले सोमबार प्रहरी प्रधान कार्यालयमा उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रहरी महानिरीक्षक कुँवरले सडक दुर्घटनाबाट हुने धनजनको क्षति एवं ट्राफिक व्यवस्थापन गम्भीर विषय भएको चर्चा गरे । उनले यो समझदारीले उक्त सम्झौताले दुर्घटना न्यूनीकरणका साथै धनजनको क्षतिमा कमी ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनमा सडक सुरक्षा एवं यातायात व्यवस्थापनसँग सम्बन्धित सबै सरोकारवाला निकायको साथ सहयोग र समन्वय आवश्यक रहने उनको भनाइ छ । समारोहमा सडक सुरक्षा व्यवस्थापन विज्ञ डा. पार्थ पराजुलीले सफ्टवेयर सञ्चालन तथा ट्राफिकसम्बन्धी सुरक्षा उपकरण हस्तान्तरणसम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।

यातायात पूर्वाधारको व्यवस्थापन गरी सुरक्षा बढाउन, सीमापार व्यापारलाई सहज बनाउन र रणनीतिक सडक नेटवर्कको व्यवस्थापन क्षमतालाई सुदृढ पार्ने समझदारीको उद्देश्य छ ।


Read Previous

मलंगवा र धुलिखेलमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा सञ्चालन

Read Next

प्युठान-नयाँ दिल्ली बस सेवा सञ्चालन

Leave a Reply

Your email address will not be published.