Nepal Purbadhar

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

रतनबहादुर ऐर नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति सदस्य नियुक्त


काठमाडौं । नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको सदस्यमा अमरगढी नगरपालिका–४ डडेल्धुराका इन्जिनियर रतन बहादुर ऐर नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतको सोमबारको निर्णयबाट उनलाई प्राधिकरण सञ्चालक समिति सदस्यमा नियुक्त गरिएकाे हाे ।

प्राधिकरणको रिक्त सञ्चालकमा ऐरलाई ४ वर्षका लागि नियुक्त गरिएको हो । विद्युत क्षेत्रमा विशेषता हासिल गरेका गैर सरकारी व्यक्तिहरुमध्येबाट ऐरलाई सञ्चालक नियुक्त गरिएको हाे ।

सिभिल इन्जिनियरिङमा स्नातकोत्तर अध्ययन गर्नु भएका ऐरसँग प्राधिकरणका इन्जिनियरको रुपमा २९ वर्षभन्दा बढी काम गरेको अनुभव छ ।


Read Previous

हुलाकी राजमार्गमा पुल नबन्दा सञ्चालनमा आएन सडक   

Read Next

अन्नपूर्ण क्षेत्रमा पुगे अहिलेसम्मकै बढी पर्यटक     

Leave a Reply

Your email address will not be published.