Nepal Purbadhar

सोमवार, जेष्ठ ७, २०८१
Monday, May 20, 2024

सोमवार, जेष्ठ ७, २०८१
Monday, May 20, 2024
कलुवापुर-बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै अगाडि बढेन काबेली बेसिनमा निर्माणाधीन ४७ मेगावाटका आयोजना ५ महिनामा प्रसारण प्रणालीमा आउँदै बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा    सुदूरपश्चिम प्रदेशका ७५ प्रतिशत नागरिक गुणस्तरीय खानेपानीकाे पहुँच बाहिर    ८ खर्ब ५३ अर्ब रुपैयाँ लागतका जलविद्युत आयोजना अगाडि बढाउँदै उत्पादन कम्पनी    ३ पटक म्याद थप गर्दा पनि सेती नदीमा निर्माणाधीन पुलकाे प्रगति २५ प्रतिशत मात्रै    विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर    ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने

२८ दिनमा मेलम्चीको पानी काठमाडौंका धारामा ल्याइपुर्याउँछाैंः समिति 


काठमाडौं । मेलम्ची खानेपानी विकास समिति पानीपोखरीले अबको २८ दिनभित्रमा काठमाडौंमा मेलम्चीको पानी ल्याउने तयारी भइरहेको जनाएको छ । आयोजना र ठेकेदार कम्पनीबीच सहमति भएकाले २८ दिनभित्र पानी पथान्तरण गरिसक्ने गरी तयारी थालिएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए ।

आकस्मिक परिस्थिति पर्न नआएको अवस्थामा निर्धारित समयभित्र काठमाडौंका घरघरमा मेलम्चीको पानी पुग्ने उनकाे भनाइ छ ।    समितिले एक विज्ञप्ति प्रकाशित गरी खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा बसेको बोर्ड बैठकबाट निर्माण व्यवसायीसँग समझदारीपत्रमा हस्ताक्षर गरी तत्काल निर्माण क्षेत्रमा परिचालनका लागि आवश्यक सहजीकरण र समन्वय गर्ने निर्णय भएको उल्लेख गरेको छ ।

“सहमति अनुसार निर्माण व्यवसायी तत्कालै निर्माण क्षेत्रमा परिचालन हुनेछ । अबको २८ दिनको कार्यतालिका अनुसार दुई सिफ्टमा जनशक्ति परिचालन गरी पानी पथान्तरणका लागि आवश्यक कार्य सम्पन्न गर्ने गरी काम गरिनेछ”, प्रवक्ता पन्तले भने ।

अब मेलम्ची नदीको पानी दैनिक १७ करोड लिटरका दरले उपलब्ध गराइने समितिकाे दाबी छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडबाट सुन्दरीजल पानी प्रशोधन केन्द्रमा प्रशोधन गरी उपत्यकामा वितरणका लागि पुनः उपलब्ध हुने उक्त विज्ञप्तिमार्फत जनाइएको छ ।

गत असार ८ गते वर्षायामको जोखिमलाई ध्यान दिएर सुरुङमार्फत् मेलम्चीको पानी सञ्चालन बन्द गरिएको थियो । गत साउन २८ र २९ गते मेलम्चीमा बाढी आएपछि पुनः हेडवर्क्स पुरिएकाले पानी पठाउन समस्या भएको प्रवक्ता पन्तले बताए ।


Read Previous

तनहुँ आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण सुस्त

Read Next

मिटर बिनै सडक बत्ती बाल्छन् बाराका स्थानीय तह, ‘हाइ मास्ट’ लाइटको लाइन बिच्छेद

Leave a Reply

Your email address will not be published.