Nepal Purbadhar

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
 ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी    बजेट अभावले धनगढी–खुटिया–दिपायल द्रुतमार्गामा पुल निर्माण प्रभावित    मुहान सुकेपछि हिलिहाङका स्थानीयबासी खानेपानीका लागि ट्यांकरमा निर्भर    ६ करोड रुपैयाँ लागतमा तनहुँको बुल्दी खोलामा पुल बन्दै    भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग

मिटर बिनै सडक बत्ती बाल्छन् बाराका स्थानीय तह, ‘हाइ मास्ट’ लाइटको लाइन बिच्छेद


काठमाडौं । बाराका स्थानीय तहले सडक बत्तीका लागि मिटर राख्न अस्विकार गरेपछि मुख्य चोकमा जडान गरिएका ‘हाइ मास्ट स्ट्रिट लाइट’ को लाइन काट्न सुरु गरिएको छ । नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रले आफ्नो क्षेत्रभित्र पर्ने सम्पूर्ण पालिकामा जडान भएका विभिन्न स्थानकाे ‘हाइ मास्ट’ सडक बत्तीको लाइन बिच्छेद गर्न सुरु गरेको हो ।

बुधबार (पुस ४ गते) देखि मुख्य चोकमा जडान भएका बढी उज्यालो दिने ठूला सडक बत्तीको लाइन काटिएको कलैया वितरण केन्द्र प्रमुख ऋण वरनवालले बताए । उनका अनुसार कलैया उपमहानगरपालिकाका ३ स्थानमा बल्दै आएका ‘हाइ मास्ट’ बत्तीको लाइन काटिएको छ । उपमहानगरपालिकाभित्र पर्ने सिशहनिया, भलुही र मोतीसरका ‘हाइ मास्ट’ बत्तीलाई मुख्य वितरण लाइनबाट बिच्छेद गरिएको छ ।

यस्तै, बिश्रामपुर र फेटा गाउँपालिकामा पनि क्रमशः ४ र २ स्थानमा गरी ६ वटा ‘हाइ मास्ट’ बत्तीको लाइन बिच्छेद गरिएको छ । बिसरामपुर गाउँपालिकाका छतवा, खेखरिया, कैलानपुर र ब्रैनिया र फेटा गाउँपालिका अन्तर्गत फेटा र फुलवरियाका ‘हाइ मास्ट’ बत्तीको लाइन काटिएको उनले बताए ।

‘हामीले सबै स्थानीय तहका कार्यलयलाई मिटर राखेर नियमअनुसार सडक बत्तीको महसुल तिर्न ताकेता गरेर पटक–पटक पत्राचार गर्यौं । भेटेर पनि अनुरोध गयौं ,’ उनले भने, ‘तर, पालिका प्रमुखहरूले नै मिटर राखेर महसुल तिर्न अटेर गरेपछि आजबाट मुख्य चोकको लाइन काट्न सुरु गरेका छौं ।’

उनले मुख्य चोकका ठूला सडक बत्तीको लाइट काटिएपछि पनि मिटर राखेर सेवा लिन अटेर गरेमा सबै सडक बत्तीलाई विद्युत वितरण प्रणालीबाट बिच्छेद गरिने बताए । विद्युत प्राधिकरणका अनुसार कलैया उपमहानगरपालिकाले मात्रै करिब ७ करोड रुपैयाँ विद्युत बक्यौता तिरेको छैन ।

बिश्रामपुर र फेटा गाउँपालिकाले पनि सडक बत्तीको वर्षौंदेखिको करोडौं रुपैयाँ बक्यौता तिर्न बाँकी छ । यी स्थानीय तहले मिटर जडान नगरी वर्षौंदेखि वितरण लाइनबाट सोझै विद्युत उपयोग गरिरहेका छन् । जुन, चोरी सरह नै हुन आउँछ ।

देशभरमा सडक बत्तीको विद्युत बक्यौता बढ्दै गएपछि प्राधिकरणले असुलीमा कडाई गर्न सम्बन्धित वितरण केन्द्रहरूलाई कडा निर्देशन दिँदै आएको छ ।

कलैया वितरण केन्द्रले पनि सूचना सार्वजनिक गरी आफ्नो क्षेत्रभित्र पर्ने पूर्व सम्झौता नगरी सडक बत्ती जडान गर्ने स्थानीय तहका वडा कार्यालयहरूलाई पत्राचार गरी संयुक्तरूपमा बत्तीको गणना गरी बिलिङ गर्नका लागि प्रतिनिधि घटाइदिन आग्रहसहितको पत्र काटेको थियो । तर, स्थानीय तहका वडा कार्यालयहरूले सडक बत्तीको बिलिङ नगर्ने अडान राखेपछि वितरण केन्द्रले लाइट काट्न सुरु गरेको हो ।


Read Previous

२८ दिनमा मेलम्चीको पानी काठमाडौंका धारामा ल्याइपुर्याउँछाैंः समिति 

Read Next

  कैलाली-कञ्चनपुर सडककाे मर्मत सुरु   

Leave a Reply

Your email address will not be published.