Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी

सोलुखुम्बुमा ‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’ सुरु


सिलगुढी (सोलुखुम्बु) । पर्यटकीय जिल्ला सोलुखुम्बुको उत्तरी क्षेत्र माप्य दूधकोशी गाउँपालिकामा ‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’को शुभारम्भ गरिएको छ । गाउँपालिका र ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान)को आयोजना तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा निर्माण गरिएको उक्त पदमार्गलाई नयाँ गन्तव्यको रूपमा सुरुआत गरिएको हो ।

माप्य दूधकोशी–५, सिलगुढी डाँडामा आज आयोजित एक समारोहमा कोशी प्रदेशका पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी, गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राई र टानका अध्यक्ष निलहरि बाँस्तोलाले संयुक्तरूपमा उक्त पदमार्गको शुभारम्भ गरे ।

नयाँ निर्माण गरिएको पदमार्ग चार रात पाँच दिनको हुने माप्य दूधकोशी गाउँपालिकाका अध्यक्ष राईले जानकारी दिए । सिलगुढीबाट, घुम्नेमेरा, कुधम, योतेलमा, राप्छा, माझगाउँ, खास्ताव, भुमेथान, पास्दा झरना, महभिरलगायतका स्थानमा पदयात्रा गर्न सकिने उनले बताए ।

प्रदेशसभा सदस्य राजभण्डारीले देशको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको पर्यटन क्षेत्रको विकासमा सबै लाग्नुपर्ने बताए । ‘सगरमाथा क्षेत्र घुम्न आएका पर्यटकलाई यहाँ भित्र्याउन सके यस क्षेत्रको पर्यटनले गति लिन सक्थ्यो’, उनले भने ।

टानका अध्यक्ष बाँस्तोलाले विश्वको सर्वोच्च शिखर सगरमाथाको जिल्लामा नयाँ पदमार्ग निर्माण गर्न पाउँदा आफूलाई ज्यादै हर्ष लागेको बताए । ‘सगरमाथा र बुद्धको जन्मस्थल लुम्बिनीमा वार्षिक १० लाख पर्यटक भित्र्याउन नसक्नु दुःखद् कुरा हो’, उनले भने ।

सरकारलाई आज नेपालमा कति ट्रेकिङ गाइड छन् भन्ने कुरासमेत थाहा नहुँदा पर्यटन व्यवसायी मारमा परेका बाँस्तोलाको भनाइ थियो । टानले प्रादेशिक कार्यालय खोलेर अगाडि बढ्न चाहेको उनले बताए । अध्यक्ष बाँस्तोलाले स्थानीय सरकारले जथाभावी मोटरबाटो खन्दा पदमार्ग मासिन थालेको भन्दै चिन्ता व्यक्त गरे ।

पदमार्ग निर्माण संयोजक तथा पर्यटन व्यवसायी चोलेन्द्रबहादुर कार्कीले यो नयाँ गन्तव्य भएकाले यसको प्रचारप्रसार र प्रवर्द्धनका लागि सबै लाग्नुपर्नेमा जोड दिए । पछिल्लो समय माप्य दूधकोशी गाउँपालिकाको पर्यटन प्रवर्द्धन तथा विकासका लागि योजनाबद्ध कार्यक्रम अघि बढाइएको भन्दै यसलाई थप प्रभावकारीरूपमा अघि बढाउँदै लैजाने गाउँकार्यपालिका सदस्य प्रकाश खालिङले बताए ।

विश्व कीर्तिमानी सगरमाथा आरोही कामीरिता शेर्पाले पर्यटकलाई लुकेर रहेका प्राकृतिक तथा ऐतिहासिक कुराहरु देखाउन सके पर्यटन क्षेत्रको विकास सहजरूपमा गर्न सकिने बताए । नयाँ पदमार्गबाट दूधकुण्ड हिमाल, सगरमाथा, मेरापिक क्षेत्रमा समेत जान सकिने स्थानीय पर्यटन व्यवसायी मानवीर खालिङले बताए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान), २८ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने विश्व कीर्तिमान आरोही शेर्पा, माउण्टेन गाइड एशोसिएसन अफ नेपाललाई सम्मान गरिएको थियो ।


Read Previous

एनसेल र धुलिखेल अस्पतालको टेलिमेडिसिन कार्यक्रमः स्वास्थ्य सेवा प्रणालीको डिजिटल रूपान्तरणमा महत्वपूर्ण कोशेढुंगा

Read Next

होम्ताङ पिखुवा लिफ्ट खानेपानी आयोजनाको काम अन्तिम चरणमा, १ हजार ४६९ घरपरिवारलाई सुविधा हुने

Leave a Reply

Your email address will not be published.