Nepal Purbadhar

मिड सोलु हाइड्रोपावरको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त


काठमाडाैं । मिड सोलुहाइड्रोपावर लिमिटेड र एनआईसी एशिया क्यापिटल लिमिटेड बीच शेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।

शेयर रजिष्ट्रार सेवा अन्तर्गत मिड सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको संस्थापक समूह तथा सर्वसाधारणमा निष्काशन गरिएको साधारण शेयरहरु सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा दर्ता गर्ने, नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा शेयर कारोवारको लागि सूचिकरण गर्ने तथा सर्वसाधारणमा बाँडफाँड भएको साधारण शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिने काम एनआईसी एशिया क्यापिटल गर्नेछ ।

त्यसबाहेक कारोवार भएको शेयरहरुको अभिलेख राख्ने, दाखिल खारेज गर्ने, शेयरधनी लगत अध्यावधिक गरि राख्ने लगायतका शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु २०८० आश्विन १२ शुक्रबारदेखि एनआईसी एशिया क्यापिटल मार्फत हुनेछ ।

Facebook Comments

Read Previous

सुर्खेत–हिल्सापछि कर्णाली र भेरी करिडोरका सडक बनाउँछौँः कार्यवाहक प्रधानमन्त्री खड्का

Read Next

चार महिनापछि सौर्य सिमेन्टको चुनढुङ्गा ढुवानी गर्ने तयारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar