काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता तथा बिक्रेता भि.जि. अटोमोबाइल्स प्रा.लि.ले दशैं, तिहार तथा छठ पर्वलक्षित अफर “बाडौ खुसी चढौं सुजुकी” ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरूले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार रुपैयाँ पक्कापक्की छुट पाउनेछन् ।
त्यस्तै, कुनै पनि सुजुकी ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी साट्दा १५ हजार रुपैयाँ पाइनेछ । अन्य कुनै ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्चेन्ज गर्दा १० हजार रुपैयाँ थप पाउन सक्नेछन् । शून्य प्रतिशत फाइनान्सको सुविधाका साथै एक वर्ष सडक कर निःशुल्क हुने कम्पनीले बताएको छ । यो स्किममा हरेक १५ दिनमा लक्की ड्र मार्फत एक भाग्यशाली ग्राहकले बम्पर उपहारमा १० ग्राम बराबरको सुनको सिक्का पाउन सक्नेछन् ।