Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

इयुको सहयोगमा २४ जना बने अन्तराष्ट्रिय स्तरको कफी रोष्टर


काठमाडौं । कफी रोस्टिङमा आधुनिक प्रविधिको प्रयोग गरी नेपाली कफीको गुणस्तर अभिवृद्धि गर्न ईयू–नेपाल व्यापार तथा लगानी कार्यक्रमले अन्तर्राष्ट्रिय स्तरका २४ जना कफी रोष्टर तयार गरेको छ । विश्वभर विशिष्ट स्वाद र गुण भएका कफीको गुणस्तर अनुगमन गर्ने संस्था स्पेसियल्टी कफी एशोसिएसनको मापदण्ड अनुसार उनीहरू प्रशिक्षित भएका हुन् ।

अन्तर्राष्ट्रिय व्यापार केन्द्रको प्रावधिक सहयोग तथा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड , नेपाल कफी उत्पादक महासंघको सहकार्यमा काठमाडौंमा साउन १ देखि १९ गते सम्म चलेको तालिममा ८/८ जनाको तीनवटा समूहका लागि ५/५ दिन गरी कुल २४ जनालाई सहभागी गराइएको थियो ।

कार्यशालामा काठमाडौं, चितवन, पोखरा, काभ्रे , धनकुटा लगायतका जिल्लामा सक्रिय रहदै आएका कफी रोष्टरहरू सहभागी थिए । कफीको कपमा गुणस्तर अभिवृद्धि गरी नेपाली विशिष्ट कफीलाई अझ लोकप्रिय बनाउनको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ कफी रोष्टिङ क्षेत्रमा संलग्न व्यवसायी तथा कामदारहरूलाई लक्षित गरी उक्त तालिम आयोजना गरिएको हो ।

नेपालमा सञ्चालन भइरहेका कफी रोस्टिङ कम्पनीहरूमा उच्च गुणस्तरबाट कफी रोष्टिङ गर्ने प्राविधिक सीपको अभिवृद्धि गर्न यस तालिमले अन्तर्राष्ट्रिय स्तरको बिषयबस्तु समावेस गरि  कफी रोष्टरहरू उत्पादन गरेको  र यसबाट व्यवसायिक तहमा कफी भुटाइको गुणस्तर अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपालमा करिब २०–२५ कफी रोस्टिङ व्यवसायहरू सञ्चालनमा छन् ।

“कफी रोष्टिङ निकै प्राविधिक र जटिल विषय हो । रोष्टटिङ गर्दा अपनाइने बिधि, पद्दति र प्रविधिले नै   कफीको गुणस्तरीयता निर्धारण हुन्छ। यो तालिमको उद्देश्य प्रशिक्षार्थीहरूलाई रोष्टिङका प्राविधिक पक्षलाई प्रयोगात्मक रूपमा देखाइ उनीहरूलाई यसमा परिचित र दक्ष बनाउने हो । सहभागीहरू यसै क्षेत्रमा कार्यरत भएकोले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको रोस्टिङ सीपको अधिकतम उपयोग हुनुका साथै कफीको गुणस्तर बढाउन ठूलो सहयोग गर्नेछ” तालिमका मूल प्रशिक्षक निमा शेर्पाले भने ।

यस तालिमले नेपाली कफीको मूल्य श्रींखलालाई सुधार गर्न सहयोग पुग्ने विश्वास सरोकारवालाहरूले लिएका छन् । “उच्च गुणस्तरको रोस्टर भएका कफी व्यवसायहरूले उपभोक्ताहरूलाई आकर्षित गर्न र राम्रो नाफा आर्जन गर्न सक्छन्। त्यस्ता दक्ष रोस्टरहरूले क्याफे र रोस्टिङ व्यवसायहरूको प्रोफाइललाई सुदृढ पार्नेछन् र गुणस्तर नियन्त्रणमा उनीहरूको प्रतिबद्धता प्रदर्शन गर्नेछन् भन्ने विश्वास हामीले लिएका छौं” नेपाल कफी उत्पादक महासंघका महासचिव सन्तोष पोखरेलले भने ।

मुख्य रूपमा व्यवहारिक विधिमा आधारित यस उच्च स्तरको तालिमका सहभागीहरू पनि अवसर पाएकोमा उतसाहित देखिन्छन् ।

“मैले यो कार्यशाला निकै ज्ञापवर्द्धक र फलदायी पाएँ । यहाँबाट प्रशिक्षित हामी जस्ता जनशक्ति मार्फत कफी रोस्टिङमा गुणस्तर प्रवर्द्धनका विधिहरू प्रयोग गरी कफीको गुणस्तर बढाउन सहयोग पुर्याउन सकिनेमा म विश्वस्त छु” चितवनबाट सहभागी हुन आएकी प्रशिक्षार्थी खो मायाँ गुरूङले भनिन् ।

“युरोपियन युनियनले नेपाली कफीको मूल्य श्रींखलालाई सशक्त बनाउन सहयोग गर्दै आएको छ । यस क्षेत्रमा उच्च दक्ष जनशक्तिलाई रोजगारी दिएर उच्च गुणस्तरीय उत्पादनहरू उपलब्ध गराएमा उच्च मूल्यको नेपाली कफी उपभोग गर्न ग्राहकहरूलाई आकर्षित गर्न सक्छौं,” युरोपियन युनियनका वरिष्ठ कार्यक्रम व्यवस्थापक मिम हमालले भने ।


Read Previous

एमसीसी भदौदेखि कार्यान्वयनको तयारी, करिब ९ अर्ब लागत बढ्ने अनुमान   

Read Next

ओखलढुङ्गाको ककनीमा सौर्य मिनीग्रीडबाट विद्युतीकरण   

Leave a Reply

Your email address will not be published.