Nepal Purbadhar

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024
राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक    सोह्रौँ पञ्चवर्षीय योजना स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइयाे,विद्युत उत्पादन ११ हजार मेगावाट पुर्याइने नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध    वर्षाले सडक हिलाम्य हुँदा मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती    कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माण ढिलाइप्रति प्रदेश सरकारकाे चासाे ऊर्जा मन्त्रालयको भौतिक प्रगति सन्ताेषजनक, केही आयोजना अझै सुरु हुन सकेनन् पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिमा माटोकाे समस्या    बागलुङपानी-भुजुङ सडक स्तरोन्नती हुँदै   

त्रिशूली गल्छी जलविद्युत आयोजना अब ३० मेगावाटमा निर्माण हुने


काठमाडौं । त्रिशूली गल्छी जलविद्युत आयोजना अब ३० मेगावाटमा निर्माण गरिने भएको छ । पहिले ७५ मेगावाटमा निर्माण गर्ने तय भएको यो आयोजना क्षमता घटाएर निर्माण गर्न लागिएको हो ।

७५ मेगावाटमा निर्माण हुन नसकेपछि यो आयोजनाको अनुमतिपत्र सरकारले खारेज गरी बास्केटमा राखेको थियो । पहिले सिद्धकाली पावर कम्पनीमार्फत अनुमतिपत्र लिइएकाेमा  अहिले अपि पावर कम्पनीले याे आयोजना अगाडि बढाउन लागेको हो ।

कम्पनीले लगानी जुटाउन चिनियाँ कम्पनी तोङसाङ इन्टरनेशनलसँग २०७४ चैतमा  भएकाे लगानी सम्मेलनमा आयोजना इञ्जिनियरिङ, खरीद, निर्माण र लगानी (इपीसीएफ) मोडलमा  निर्माण गर्न सम्झौता गरेकाे थियाे । तर, चिनियाँ कम्पनीसँग भएकाे सम्झाैता कार्यान्वयन हुन नसकेपछि आयोजनाकाे अनुमति खारेज हुन पुगेकाे थियाे ।

आयोजनामा पहिले नै धेरै लगानी भइसकेकाले पुनः अनुमति लिएर क्षमता घटाएर निर्माणमा लैजान लागेको प्रवर्द्धक गुरूप्रसाद न्यौपानेले बताए । ‘चिनियाँ लगानी ल्याएर इपिसिएफ मोडलमा यो आयोजना निर्माण गर्न लगानी सम्मेलनमा सम्झौता पनि गरेका थियौं,’ उनले भने, ‘तर, विविध कारणले आयोजना अगाडि बढ्न सकेन र अनुमतिपत्र खारेज भयो । अब फेरि अनुमतिपत्र लिएर काम गर्दैछौं ।’

७५ मेगावाटमा सुरुङ रहने गरी आयोजनाको डिजाइन गरिएकोमा ३० मेगावाटमा सुरुङ निर्माण नगरिने उनले बताए । अपिले ३ महिना अगाडि मात्रै आयोजना ३० मेगावाटमा निर्माण गर्न अनुमति लिएको न्यौपानेले जानकारी दिए ।

उनले आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) का लागि र उत्पादन अनुमतिपत्रका लागि आवेदन दिएको बताए । आयोजना स्थलमा विद्युत पहुँच पुर्याइएको छ । पहुँच सडक, पुल र आवासगृहको निर्माण पनि भइरहेको छ ।

आयोजना निर्माण गर्न ६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजना निर्माण सम्पन्न हुँदा वार्षिक १६६.७० गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । बर्खामा ११५.७० गिगावाट घन्टा र सुख्खा याममा ५०.३६ गिगावाट घन्टा विद्युत उत्पादन गर्न सकिनेछ ।

आयोजनाले उत्पादन गर्ने विद्युत विद्युतगृहबाट ३३ केभी प्रसारण लाइन निर्माण गरी १८ किलोमिटर दुरीमा निर्माण हुने १३२/३३ केभी परेवाटार सबस्टेसनमा लगेर जोडिनेछ ।

 


Read Previous

चमेलिया–स्याउले–अत्तरिया १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा, २५० मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्ने

Read Next

पहिराले लघुजलविद्युत् परियोजनामा क्षति

Leave a Reply

Your email address will not be published.