Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

बजेटले ८ प्रतिशत प्रक्षेपण गरेपनि चालू वर्षको आर्थिक वृद्धिदर १.८६ प्रतिशतमा सिमित रहने


काठमाडौं । चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर १.८६ प्रतिशतमा सिमित हुने भएको छ । राष्ट्रिय तथ्यांक विभागले मंगलबार सार्वजनिक गरेको अध्ययन रिर्पोट अनुसार यो आर्थिक वर्षको आर्थिक वृद्धिदर १.८६ प्रतिशत रहने देखिएको हो ।

सरकारले चालू आर्थिक वर्षको बजेटमा आर्थिक वृद्धिदर ८ प्रतिशत पुर्याउने लक्ष्य निर्धारण गरेको भएपनि राजश्व संकलनमा आएको गिरावटको कारण आर्थिक वृद्धिदरको अवस्था निराशाजनक देखिएको छ ।

आर्थिक वृद्धिदरको आधारभूत मूल्यतर्फको आर्थिक वृद्धिदर भने २.१६ प्रतिशत हुने देखिएको विभागका निर्देशक इश्वरी भण्डारीले जानकारी दिए । उनका अनुसार उपभोक्ता मूल्यका आधारमा नेपालको कूल गार्हास्थ उत्पादन (जीडीपी) ५३ खर्ब ८१ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

यस्तै, आधारभूत मूल्यका आधारमा कूल गाहस्र्थ उत्पादन (जीडीपी) ४६ खर्ब ९६ अर्ब ४९ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको पनि विभागले जनाएको छ । विभागका अनुसार आधारभुत मूल्यमा चालू मूल्य अनुसार कूल उत्पादन ८० खर्ब ९० अर्ब ६७ करोड रुपैयाँ प्रक्षेपण छ ।

यसैगरी, चालू मूल्य अनुसार ३ अर्ब ८५ अर्ब ११ करोड रुपैयाँ (जीडीपी को ७.१६ प्रतिशत) वस्तु तथा सेवा निर्यात हुँदा १९ खर्ब ६४ अर्ब ३३ करोड रुपैयाँ (जीडीपीको ३६.५ प्रतिशत) पुग्ने प्रक्षेपण छ ।


Read Previous

अन्तर्राष्ट्रिय मुद्रा काेषले  नेपाललाई ७ अर्ब ऋण दिने

Read Next

डिजिटल रूपान्तरणको बाटोमा   

Leave a Reply

Your email address will not be published.