Nepal Purbadhar

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024
विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर    ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने धादिङ र चितवनका विकट चेपाङ बस्तीमा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच अमलेखगञ्ज-लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तारकाे काम चाँडै सुरु गर्ने निगमकाे तयारी   गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र देवनगर सबस्टेसनकाे औपचारिक उद्घाटन कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै    पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द हुने   इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष

राज्य मन्त्री र सचिवसँग महासंघ प्रतिनिधिमण्डलको भेट, म्याद थप, भुक्तानी लगायतका विषयमा छलफल


काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईं र प्रधानमन्त्री कार्यालयका सचिव  दिनेश भट्टराई (आर्थिक तथा पूर्वाधार विकास) लाई भेटी निर्माण उद्योगको विद्यमान समस्या र समाधानका उपायबारे अवगत गराएको छ ।

महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले बुधवार राज्यमन्त्री चपाईं र प्रधानमन्त्री कार्यालयका सचिव भट्टराईलाई छुट्टाछुट्टै भेटी निर्माण उद्योगको समस्या समाधान गरिदिन आग्रह गरेको हो । राज्यमन्त्री चपाईंले निर्माण उद्योगको बारेमा धेरैमा सचेतनाको कमी रहेको बताउँदै आफूले पनि यस उद्योगको विविध पाटोबारे अध्ययन गरिरहेको जानकारी दिइन् ।

निर्माण व्यवसायीहरूसँग सर सल्लाह गरी अघि बढ्ने प्रतिबद्धता जनाउँदै उनले बजेट पुग्ने गरी योजना छनौट गरे मात्र समयका काम सम्पन्न हुन सक्ने बताइन । निर्माण व्यवसायीहरूका समस्या समाधानका लागि सरोकारवाला सबै निकायसँग छलफल गर्ने उनको भनाइ थियो । महासंघका अध्यक्ष रवि सिंहले व्यवसायीहरूले राज्यबाट पाउनु पर्ने करीब ७० अर्ब रुपैयाँ भुक्तान भएमा अर्थतन्त्र चलायमान भई राज्यलाई नै फाइदा पुग्ने बताए । ।

भुक्तानी अभाव, नदी तथा खानीजन्य सामग्रीको उत्खननमा भएको अवरोध, निर्वाचन लगायतका कारणले समयमै निर्माण कार्य हुन नसकेको भन्दै अध्यक्ष सिंहले सबै आयोजनाहरूको म्याद २०८१ असार मसान्तसम्म थप गरिनु पर्ने बताए । महासंघ प्रतिनिमिण्डलले हालै राज्यमन्त्रीमा नियुक्त चपाईलाई बधाई दिँदै उहाँको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको छ ।

यसैबीच प्रधानमन्त्री कार्यालयका सचिव भट्टराईसँगको भेटमा पनि महासंघले म्याद थप, भुक्तानी, मूल्य समायोजन सहित सार्वजनिक खरिद ऐन अनुसार बीस प्रतिशत मोबिलाइजेशन पेश्की पाउनु पर्ने विषयलाई प्राथमिकताका साथ उठान गरेको छ ।

जवाफमा सचिव भट्टराईले राज्य र निर्माण व्यवसायी दुवैलाई सहज हुने गरी ऐन नियमावली संशोधन हुनुपर्ने भन्दै सरकार त्यसको तयारीमा रहेको जानकारी दिए ।  महासंघ प्रतिनिधिमण्डलमा कोषाध्यक्ष हिरणकुमार श्रेष्ठ, कार्य समिति सदस्य दानबहादुर खड्का र महासंघका कार्यालय प्रमुख प्रेमसिंह ऐर रहेका थिए ।


Read Previous

त्रिदेशीय महावु सडक कर्णालीको मेरुदण्ड

Read Next

नेपालसँग २ हजार मेगावाट विद्युत खरिद गर्न भारतीय कम्पनीकाे आसयपत्र

Leave a Reply

Your email address will not be published.