Nepal Purbadhar

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024
३ पटक म्याद थप गर्दा पनि सेती नदीमा निर्माणाधीन पुलकाे प्रगति २५ प्रतिशत मात्रै    विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर    ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने धादिङ र चितवनका विकट चेपाङ बस्तीमा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच अमलेखगञ्ज-लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तारकाे काम चाँडै सुरु गर्ने निगमकाे तयारी   गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र देवनगर सबस्टेसनकाे औपचारिक उद्घाटन कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै    पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द हुने  

सिक्टाको पूर्वी नहरमार्फत सिँचाइका लागि पानी छाेडियाे 


बाँके । गत वर्ष पर्याप्त पानी नपर्दा बाँके जिल्लाको नरैनापुर क्षेत्रका करिब ८५ प्रतिशत जमिन बाँझो रह्यो । सिँचाइ अभावमा यहाँका किसानले धान रोपाइँ गर्नै पाएनन् । त्यसको प्रत्यक्ष असर उत्पादनमा देखियो ।

अहिले सुक्खाग्रस्त क्षेत्र नरैनापुरमा सिँचाइको सुविधा पुग्ने गरी सिक्टा सिँचाइ आयोजनाले पूर्वी नहरबाट पानी सञ्चालन गरेको छ । २०७४ साउन ९ गतेदेखि पूर्वी नहर निर्माणको काम सुरु भएको थियो । यसका ४ वटा शाखा नहर छन् । परम्परागत राजकुलोसँगै फत्तेपुर सिँचाइ प्रणाली पुनःस्थापना हुनेछ । अहिले पूर्णक्षमतामा फत्तेपुरसम्म सिँचाइका लागि पानी सञ्चालन भएको आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार पूर्वी नहरको लम्बाइ ४३.५ किलोमिटर रहेकामा अहिले ३९ किलोमिटरसम्म पानी छाेडिएकाे छ । नरैनापुरको गङ्गापुर, मटैहिया र वडा नं १, २, ३ र ४ मा अर्को चरणमा काम सुरुआत हुने आयोजनाका आयोजना निर्देशक रमेशकुमार सिंह बताउँछन् । उनका अनुसार सिक्टाको पूर्वी नहरबाट नौ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुग्नेछ ।

“नयाँ निर्माण गरिएका चारवटा शाखा नहरबाट करिब १ हजार ४ सय हेक्टरमा वर्षभरि नै सिँचाइ सुविधा पुग्ने सुनिश्चित छ”, निर्देशक सिंहले भने, “बाँकी मूल नहरसहित शाखा नहरको सर्भेक्षण र डिजाइनको चरणमा रहेकाले आवश्यक वातावरणीय अध्ययनपश्चात ठेक्का अगाडि बढाइन्छ ।”

गत असार २८ गते सात घनमिटर प्रतिसेकेन्ड पानी परीक्षणका लागि छाडिएको थियो । परीक्षण सफल भएपछि पूरै क्षमताको पानी छाडिएको आयोजनाले जनाएको छ । पूर्वी नहरको संरचनामा ३७ किलोमिटर नहर निर्माण भएको छ । केही राजकुलो पर्ने भएकाले ३९ किलोमिटरसम्म पानी छाडिएको छ ।

सिँचाइ कुलोमा पानी छाडेपछि खेतमा सिँचाइ हुनेछ भने गत वर्षजस्तो यस वर्ष खेत बाँझो राख्नुपर्ने अवस्था नहुनेमा विश्वास लिइएको छ । पूर्वी नहरबाट पानी सञ्चालन भएपछि सुक्खा क्षेत्रलाई केही राहत पुग्ने स्थानीयवासीको अपेक्षा छ । । सिँचाइ कुलो पुगेपछि यस क्षेत्रका बासिन्दा खुसी भएका छन् । सिँचाइ नहुँदा खेत बाँझै राख्नुपर्ने बाध्यता अब हटेको यहाँका किसानको भनाइ छ ।

सो क्षेत्रका किसानले आकाशे पानीको भर परेर खेती गर्नुपर्ने अवस्था थियो । पूर्वी नहरमा पानी छाडिएपछि आकाशे पानीको भर पर्नुपर्ने बाध्यता अन्त्य भएको स्थानीय किसान शिवशरण थारू बताउनुहुन्छ । पूर्वी नहर निर्माणका लागि कालिकाकुमार जेभीसँग  ३ अर्ब ६ करोड ९८ लाख ५९ हजार २ सय ५९ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।


Read Previous

कालीगण्डकी करिडोर सडककाे स्तराेन्नति कार्य सुस्त हुँदा पर्यटकलाई सास्ती

Read Next

घर जग्गामा साढे ५ खर्ब लगानी, सरकारसँग जग्गा तथा आवास विकास महासंघका ६ बुँदे माग

Leave a Reply

Your email address will not be published.