Nepal Purbadhar

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

माथिल्लो कर्णाली प्रभावित जिल्लाका विद्यार्थीलाई भारतमा ३ महिने प्राविधिक तालिम


काठमाडौं । ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको प्रवद्र्धक गान्धी मल्लिकार्जुन राओ (जिएमआर) कम्पनीले प्रभावित क्षेत्रका स्थानीय विद्यार्थीलाई भारतमा लगेर प्राविधिक तालिम दिएको छ । कम्पनीले आयोजनाबाट प्रभावित हुने दैलेख, सुर्खेत र अछाम जिल्लाका २३ जना विद्यार्थीलाई भारत लगेर विद्युतीय काम, वायरिङ, कुकिङ, कम्प्युटर लगायतका ६ विधामा आधारभूत तालिम दिएको हो ।

३ महिनासम्म चलेको तालिमका लागि प्रभावित क्षेत्रका ५० विद्यार्थीको आवेदन आएकोमा २३ विद्यार्थी छनोट गरेर भारत लगिएको आयोजना प्रमुख केके शर्माले बताए । उनका अनुसार कम्पनीले ती विद्यार्थीलाई तालिमसहित खानापान, बस्दोबस्द र भ्रमणको सम्पूर्ण खर्च बेहोरेको थियो ।

जनवरी २३ देखि मार्च २३ सम्म तालिम सम्पन्न भएको जिएमआरले जनाएको छ । प्राविधिक तालिममा संलग्न सम्पूर्ण विद्यार्थीलाई जीएमआरका प्रमुख कार्यकारी अधिकृत एसएन बार्देले प्रमाणपत्र वितरण गरे ।

प्रमाणपत्र वितरण कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत बार्दे, जीएमआरका उपाध्यक्ष राजीव मिश्र लगायतले विद्यार्थीले तालिमबाट सिकेको सिपले रोजगारी सिर्जनामा सहयोग पुग्ने बताए ।


Read Previous

बिपी राजमार्गमा फोहर फ्याँके जरिवाना तिराइने

Read Next

बिजुलीबजार पुलमुनिको सडकको ठेक्का तोड्ने तयारी   

Leave a Reply

Your email address will not be published.