Nepal Purbadhar

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024
ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने धादिङ र चितवनका विकट चेपाङ बस्तीमा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच अमलेखगञ्ज-लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तारकाे काम चाँडै सुरु गर्ने निगमकाे तयारी   गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र देवनगर सबस्टेसनकाे औपचारिक उद्घाटन कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै    पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द हुने   इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन

सबै मिलेर अर्थतन्त्रमा देखिएको समस्या समाधान गरौंः उपाध्यक्ष ढकाल


काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अहिलेको संवेदनशील परिस्थितिमा एकले अर्कोलाई दोषारोपण गर्नुभन्दा सबै मिलेर अर्थतन्त्रमा देखिएको समस्यालाई समाधान गर्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको पाँचौ प्रदेश सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्ताे बताएका हुन् ।

“अहिले कसैले कसैलाई आरोप लगाउने अवस्था नै छैन । बैंकलाई पनि असजिलो छ । व्यवसायीहरुलाई झन धेरै असजिलो छ । सरकारको पनि राजश्व उठेको छैन । त्यसैले सबैलाई समस्या परेको छ । सबै मिलेर यसको समाधान निकाल्नुको विकल्प छैन ” उनले भने । महासंघ भित्र पनि एकता भयो भने मात्र यो समस्याको समाधान सहज हुने हुनाले महासंघको आगामि नेतृत्व सर्वसम्मत रुपमा चयन गर्नुपर्ने धारणा पनि उनले व्यक्त गरे ।

उनले सरकार, व्यवसायी, उपभोक्ता सबै पक्ष मिलेर अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्नुपर्ने बताए । “अहिले कुनै व्यक्तिको जित हारको अस्वस्था छैन । समग्र अर्थतन्त्रको जित हारको अवस्था हो,” उनले भने,“हामी सबै मिलेर अर्थतन्त्रलाई जिताउन पर्नेछ । यसलाई पुनः सही ट्रयाकमा ल्याउनुपर्नेछ । त्यसैले हामी सबै एक हुनुको विकल्प छैन । सबै मिलेर एकसाथ अगाडि बढ्नुको विकल्प छैन । म साथीहरूलाई भन्न चाहन्छु । एक पक्षले अर्को पक्षलाई आरोपप्रत्यारोप लगाएर मात्र समस्याको समाधान हुन सक्दैन ।”

उनले सरकार तथा राजनैतिक दलहरुले आर्थिक एजेण्डालाई प्राथमिकतामा नराखेको गुनासो समेत गरे । अहिले सरकारले पनि पूर्णता पाइसकेको अवस्था नभएकाले नयाँ संविधान आइसकेपछि राजनैतिक दलको व्यवहारमा आर्थिक एजेण्डा प्राथमिकतामा नपरेको उनकाे भनाइ छ ।

बैंकले लगानी गरेकै कारण व्यवसायीहरुलाई व्यवसाय गर्न सहज भएको बताउँदै उनले बैंक विरुद्धमा आन्दोलन गरेर अहिलेको समस्या समाधान हुन नसक्ने बताए । “बैंकको विरुद्धमा आन्दोलनका कार्यक्रमहरु भएका छन् । मलाई लाग्छ, आन्दोलनबाट मात्र अहिलेको समस्या समाधान हुन सक्दैन । अहिलेको असहज परिस्थितिमा आन्दोलन भन्दा वार्ता, छलफल र सहकार्यबाट यसको सहज समाधान निस्कन सक्छ,” उनले भने ।

काेभिड–१९ महामारीपछि मुलुकको आर्थिक अवस्था बिग्रिएको बताउदै उनले  वैदेशिक रोजगारमा जानेक्रम घट्दा, नेपाल फर्किएका कामदारहरू तत्काल विदेश जान नपाउँदा रेमिट्यान्सको आप्रवाहमा कमी आउन गएको बताए ।

त्यस्तै, बाह्य पर्यटकको संख्या घट्दा र बैंकमा लगानी योग्य तरलताको अभाव हुँदा धेरै उद्योग व्यवसायहरु खुम्चिन बाध्य भएको उनले बताए । उनले  अर्थतन्त्रका केही कुराहरूमा सुधार आएको बताउँदै अर्थतन्त्र अवस्थाभन्दा नबिग्रने विश्वास व्यक्त गरे ।

“वैदेशिक रोजगारमा जानेको संख्या पनि बढेको छ । विदेशबाट आउने पर्यटकको संख्या पनि बढ्न थालेको छ । रेमिट्यान्सको आप्रवाह पनि बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको अवस्थामा पनि सुधार देखिएको छ । र, आउने दिन आउने दिनमा अर्थतन्त्र यो भन्दा धेरै बिग्रिन्छ भन्ने मलाई लाग्दैन । केही न केही सुधार हुने मलाई विश्वास छ,” उनले भने ।


Read Previous

‘आर्थिक समृद्धी र स्वाधीन अर्थतन्त्रका लागि जलविद्युत विकास निर्विकल्प’

Read Next

पृथ्वी राजमार्गको विमलनगर–घाँसीकुवा सडक खण्ड थप १५ दिन बन्द हुने

Leave a Reply

Your email address will not be published.